Tuesday 16th September 2025

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ ।

विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ ।

समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो । त्यस्तो व्यवस्थाबारे सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो ।

प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभव सम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए ।

समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो । अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

काठमाडौं: एक पूर्व डीजे र उनको अज्ञात नेपाली गैर-नाफामुखी संस्थाले भिडियो गेमरहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल एप प्रयोग गरेर विशाल विरोध…

प्रतिकृयाहरू
...