Monday 5th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।९।१९ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा.बम बहादुर जीताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आज धेरै पछि गुणस्तरिय जमघटमा स्तरिय कार्यक्रम सम्पन्न भयो ।समयामयिक विषयमा रचनाहरु आए ।कवि चेतावनामा धक्का भएपछि कल्ले सिर्जना लेख्दैन र ? भन्दै रचना सुनाउनु भयो ।

पहिले पहिले कोरियामा निर्यात हुन्थ्यो धान
अहिंसा भने हतार गर्छन् कोरियामा जान
आज देशको परिस्थितिलाई समेटिएको खोरिया,कविता,मुक्तक सुने एकदम खुशी लाग्यो भन्नु हुदै शुभकामनाको दिनु भयो ।
वरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूल सॅगै तुलना गर्नु हुॅदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नु हुॅदै चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७२ औं श्रृङ्खला सम्म पुग्नुमा साच्चै साहित्यको सेवा हो भन्नु हुॅदै शुभकामना दिनु भई रचना सुनाउनु भयो।

चुडा निर्भिकको उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र,शुरेश घिमिरे,उत्तम भेटवाल,सन्जना शर्मा,शारदाआचार्य,रेणु घिमरे,सरला तिमल्सिना,सरिता वाग्ले,भगवती दवाडी,द्वारिका कुईंकेल, लगायत १६ जनाले आ-आफ्नो रचना वाचन गर्नु भयो ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया लेख्न पनि सकिन्छ भन्दै खोरिया विभिन्न भाकामा प्रस्तुत गर्नु हुदै प्रमुख अतिथि जिताली लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...