Monday 5th October 2026

गुणनिधि घिमिरेका झ्याउरे छन्दमा गीत – “आफ्नै परिचय”


“आफ्नै परिचय”
१
कहिले झिल्काकार भईयो कहिले टुक्काकार
प्रधानाध्यापक काम गर्थेँ आफैँ चौकिदार ।
२
जिल्ला धाउनु पर्थ्यो निःशुल्क भारी बोकेर
दुइ छाक टर्थ्यो प्राय जस्तो रोटी टोकेर ।
३
कहिले काव्यकार भईयो कहिले कथाकार
आफैँ प्र. अ. आफैँ घण्टी ठोक्ने चौकिदार ।
४
गाई भैँसी टन्नै थिए बोक्थेँ घाँसका भारी
कहिले गोड्थेँ आलु मकै कहिले जोत्थेँ बारी ।
५
साथी हुन्थे कहिले असई कहिले हवल्दार
बिद्यार्थीलाई पढाउँदै हुन्थेँ चौकिदार ।
६
फोहर पनि सोहर्नु पर्ने सफा राख्नु पर्ने
आफैँ लागि पर्थेँ अरू सहयोग गर्ने ।
७
एउटा मिल्ने साथी थियो पुलिस ठानेदार
सदरमुकाम सँगै जान्थ्यौँ हुँदै चौकिदार ।
८
साथीसँगी मेलापात अर्म पर्म गर्थ्यौँ
विद्यालय विकास गर्न सबै लागी पर्थ्यौ ।
९
गाउँ ठाउँका विद्यार्थी ती साह्रै इमान्दार
सबै शिक्षक मिल्थ्यौँ हामी सबै चौकिदार ।

– गुणनिधि घिमिरे
श्री चन्द्रेश्वर मा.वि. खान्द्रोङ्ग पाँचथर
हाल-अमेरिका


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...