Sunday 21st September 2025

-गोबिन्द राज ओझा (राजन)को गीति कविताः यी हिमालहरूको पवित्रता..


यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ
यो देशलाई अझ विकसित बनाउनु छ 
इतिहासको पानामा वीरहरूको गाथा अमर रहोस्
यो नेपाली संस्कार विश्वमा फैलिरहोस् ।।
 
 
आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस्
यो देशको महिमा चारैतिर फैलिरहोस्
डाँफे नाचेको दृश्यमा मनलाई भुलाउन सकियोस्
वीर पुर्खाहरू इतिहास सधैँ रहिरहोस् ।।
 
सधैँ देशको सुरक्षाको लागि खटिन परोस्
वीर सहिदको सपनाहरू पुरा गर्न सकियोस्
बैरीहरू सँग लडेर राष्ट्रलाई जोगाउन सकियोस्
आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस् ।।
 
 
एकताको माला बुनौँ सधैँ एकता रहिरहोस्
सधैँ सम्मान गरौँ नेपाल आमाको देश बाचिरहोस्
यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ
यो देशलाई अझ विकसित बनाउनु छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह…

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

प्रतिकृयाहरू
...