Tuesday 26th November 2024

चित्रमा पञ्चाङ्ग, भाग – ९२


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०८/२१
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बयान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
परिस्थितिले थिच्यो रुने मन छ
आँसु बग्ने नयन धुने मन छ
प्रकृतिले सबै सुन्दर बनायो
मलाई पनि चरी हुने मन छ
क्षितिज र बादल छुने मन छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

शिखरिणी छन्द/ पञ्चाङ्ग २

खियाई नङ्ग्रा यी जमिन जररो खार्न म सकूँ
खनी खोस्री आफैँ सवल धरती पार्न म सकूँ
नहुन् लिप्सा केही सकल मनले पूजन गरी
सधैँ यै माटोमा सुरचित बिरुवा सार्न म सकूँ
उडूँ पन्छी जस्तै गगन तलमा झार्न म सकूँ ।

नारायणप्रसाद निरौला
जागृतिनगर, काठमाडौँ ।

पञ्चाङ्ग ३

बादल पनि अचम्म देखिन्छ कहिले चरि बनेर
सेता पहिरन लगाएकि गोरि राम्री परि बनेर
जस्तो मनोभाव उस्तै दृश्य लुकामारी गर्दै आउछन्
मान्छे घोडा रूख चरा महल अनेक थरि बनेर
खुशि हुँदा हँसिलो र रिसाउदा झर्छे झरि बनेर ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ ।

पञ्चाङ्ग ४

बादलुले रूप आफै फेरे जस्तो लाग्यो
यस्सो हेर्दा परेवाले हेरे जस्तो लाग्यो
प्रकृति पनि अचम्म जसो भन्यो त्यसै
आकाश नै कपासले बेरे जस्तो लाग्यो
साॅचो हैन कलमले केरे जस्तो लाग्यो ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ५

छन्द शिखरिणी
उडूँ पन्छी जस्तै गगन धरती जाेड्न म सकूँ
बिझेका छातीमा वचन नमिठा ताेड्न म सकूँ
थिए वाधा धेरै सकल जनका रीत सब ती
उनै तालाचाबी पयरबिचका फाेड्न म सकूँ
उठाई पर्दा याे अमर पथ नै माेड्न म सकूँ ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग ६

शान्तिको लहर बोक्दछ चरीले यहाँ
समय पहर घोक्दछ घडीले यहाँ
रहरले बादल हुदै आकाश छोए ,
संघर्ष कहर खोक्दछ भावीले यहाँ
शब्दको जहर रोक्दछ जनले यहाँ
सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ७
सेतो पहिरनमा झरेकी परी तिमी
लटा फिजाई हिस्स परेकी परी तिमी
बयान गरि साध्य छैन सुन्दरताको
गगनमा श्रृङ्गार गरेकी परी तिमी
यो मनबाट डेरा सरेकी परी तिमी ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

बादलुको मोहिनी रुप हेरें मैले
नकारात्मक सोचाइ नी फेरें मैले
पखेटा फिजाई नाच्दै रहिछे चरी
आफ्नो मन मष्तिष्क भित्रै बेरें मैले
त्यही हेरी एक पञ्चाङ्ग केरें मैले ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग ९

सुर्यदेवले पनि सृष्टि चलाउन कर लिएको हुन्छ
कुवाबाट वाष्प लिन्छ भने समुद्रलाई पिएको हुन्छ
बादल बनाएर उड्न लगाई आकाशको चारैतिर,
जहाँ खाँचो छ उसलाई थोपा थोपा दिएको हुन्छ
यस्तै यस्तै नियममा यो सम्पुर्ण प्रकृति जिएको हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०
सेतो बस्र्त्र धारण गरेकी चरी हेर
रमाउदै तल नै झरेकी चरी हेर
सुन्दरताको के बयान गर्नु र यहाँ
आकाशमा श्रृङ्गार भरेकी चरी हेर
या उड्नलाई ठिक परेकी चरी हेर ।
दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ११

बादलुमा तितरी पन्छी हेर्ने मन थियो
चित्र हेरेर पाँच पङ्ति केर्ने मन थियो
उडीउडी बादलभित्रै हराउन पाए
बहकिँदै मनको धोको फेर्ने मन थियो
मायालुलाई अँगालोमा बेर्ने मन थियो ॥

बादलु उड्यो चरी जस्तै फरर हेर
उड्दै उड्दै कहाँ पुग्ने हो सरर हेर
प्राकृतिकता सुन्दर शान्त निष्कपट
कहाँ पुग्दा बर्षने पानी दरर हेर
माटोको आउला वासना हरर हेर ।

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १२

सेतो हिउँ झै टल्केको चरी हेर
बादलुले थिच्यो कठै बरी~ हेर
लर्खराउँदै लर्बराउँदै माथि
उड्दा उड्दै उ भुइँमा झरी हेर
अहो ! सारै आपतमा परी हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १३

दिन होस् या रात समय गनेर उड्न मन छ
सिधा गन्तव्यको पथ खनेर उड्न मन छ
भयो है कुनै पनि बाधा नपुर्याउ मलाई
खुल्ला आकाशमा पँक्षी बनेर उड्न मन छ
शान्तिको प्रतीक बुद्ध भनेर उड्न मन छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्र

पञ्चाङ्ग १४

प्राकृतिक कलाले लय बोकेका हुन्छन्
मौसम अनुसार तय बोकेका हुन्छन्
शीतलताको प्रतीक यो सेतो रङले
सुन्दर र मङ्गलमय बोकेका हुन्छन्
हर्षित मन कतिपय बोकेका हुन्छन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १५
बादल उठाएको पन्क्षि सुन्दर देखियो
यही परिहरूको गजब सहर देखियो
कोई कति सुन्दर हुन्छ प्रकृती जगतामा
झसिङ्गिय आफै यो मन वेखबर देखियो
आँखा झिमिक् पार्दा ओजेल हुँने डर देखियो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १६
बादल सँगै उड्न मन छ
माेटर जस्तै गुड्न मन छ
इच्छा सबैका त्यो थरी थरी
फक्रेको फूल चुड्न मन छ
हुर्के पालुवा मुड्न मन छ ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग १७
बादलको आकृति चरामा सरेको आकाशमा
देखियो सुन्दर कला कृति भरेको आकाशमा
चरा नै होला स्वतन्त्र भएर उड्न सक्ने पन्क्षी
सुन्दर दृष्य हेर्दा अशान्ति हरेको आकाशमा
एउटा चराले आफ्नो पंख छरेको आकाशमा ।
शोभा आचार्य गौतम
काठमाडौँ ।

पञ्चाङ्ग १८
बादलसँग मिसिदिँदा उर सुहाउने
जहिल्यै ठाडो रहने यो नुर सुहाउने
यस्ता तेस्ता कुरा प्रकृतिले सिकाउँदै छन्
नकारात्मकलाई खासै दूर सुहाउने
सफलताको लागि सधैँ धुर सुहाउने ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १९

उडेर गगनमाथि रमाउन मन छ
बादलका झुप्पाहरू समाउन मन छ
मनस्थिति र परिस्थिति भिन्न नभएमा
एकछत्र यो शासन जमाउन मन छ
संसारमा राम्रो नाम कमाउन मन छ ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग २०
रामभनाैँ कि त मैले हरीभनाैँ
प्रकृतिले सुन्दरता छरी भनाैँ
याे रुपरङ्गले माेहित भएँ म,
बादलमा पँक्षी लरीबरी भनाैँ
नजरमा फुलेकी ती परी भनाैँ ।
सूर्य गिरी,पाेखरा

पन्चाङ्ग २१

चराको स्वतन्त्र उडान देख्दा आनन्द बिभोर हुन्छु म
तनले नभएपनी मनले म पनि आकास छुन्छु म
स्वतन्त्रताको मजा सबैलाई रमाईलो हुन्छ हेर है
स्वच्छ सफेत रङ्गमा रातो मिसिंदा त मुहार धुन्छु म
मानवतामा दानवता मिसिँदा एक्लै बसेर रुन्छु म ।
कमला देवकोटा , पाल्पा

पञ्चाङ्ग २२

पंख खोलेर उड्दै चरी बादलमा
नाच्दै गाउँदै ल है बरि बादलमा
विविध आकारमा आफ्नै रफ्तार
चर्को घाम वर्षा घरीघरी बादलमा
चट्याङ बिजुली झर्झरी बादलमा ।
प्रदीप रिमाल।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...