Tuesday 16th September 2025

जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान


इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीलाइ यस वर्षको नोबेल शान्ती पुरस्कार प्रदान गरिएको छ ।

उनको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् ।

इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका छन् ।

मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार अक्टोबरमा दिने घोषणा गरिएको थियो । उनी हाल तेहरानको जेलमा छिन् । उनी यसअघि पनि इरानमा कैयौं पटक पक्राउ परेकी थिइन् र कैयौं वर्ष जेल परेकी थिइन् ।

शनिबार ओस्लोमा भएको एक पत्रकार सम्मेलनमा, कियाना रहमानीले आफ्नी आमाको सन्देश पढ्दै विरोध, प्रदर्शनकारी र मानव अधिकार रक्षकहरूको आवाजलाई विश्वमा पु¥याउन अन्तर्राष्ट्रिय मिडियाले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कियाना रहमानीले आफ्नी आमालाई फेरि भेट्ने आशा कमै रहेको बताइन् । मोहम्मदीका भाइ र पतिले ओस्लोमा पत्रकारहरूसँग आफ्नी श्रीमतीलाई ११ वर्षदेखि नदेखेको र उनीहरूका छोराछोरीले आफ्नी आमालाई सात वर्षदेखि नदेखेको बताएका थिए ।

गत वर्ष देशको कडा हिजाब सम्बन्धी कानूनको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा मोहम्मदीले प्रमुख भूमिका खेलेकी थिइन् ।

नरगिस मोहम्मदी नोबेल शान्ति पुरस्कार जित्ने १९ औं महिला र मानवअधिकार कार्यकर्ता शिरिन इबादीले २००३ मा पुरस्कार जितेपछि दोस्रो इरानी महिला हुन् । पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

काठमाडौं: एक पूर्व डीजे र उनको अज्ञात नेपाली गैर-नाफामुखी संस्थाले भिडियो गेमरहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल एप प्रयोग गरेर विशाल विरोध…

प्रतिकृयाहरू
...