चित्रमा पञ्चाङ्ग
===========
भाग: ९१
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०८/१३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
संसार यसै रमाईलो छ कर्तव्यलाई चिनेपछि
आक्षेप लाउन को सक्छ यहाँ सही बाटो हिनेपछि
अस्तव्यस्त भयो जीवन तँछाडमछाड हुँदै गर्दा
न्याय पनि मर्यो हेर यहाँ पैसाले सब किनेपछि
मसिनाले मर्नुपर्यो भन्छन् यहाँ बडाले पिनेपछि ।
चन्द्रावती अधिकारी
कोहलपुर।
पञ्चाङ्ग २
सफा सुग्घर हुनु पर्छ साथी आफैँ जानेर अब
कसलाई छुने कसलाई नछुने छानेर अब
स्वाभिमानी बन्ने हो बुद्धि भएका प्राणी हामी पनि
आफ्नै जात ठूलो बनाउने आफैँले ठानेर अब
गर्नै परे आन्दोलन पानीमा ढुङ्गा हानेर अब ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग ३
पशुले यहाँ काम गर्दैछ हेर
भात खोजेर पेट भर्दैछ हेर
मान्छेकै पू्र्खा हो रे बादर पनि
त्यसैले मान्छेतिर सर्दैछ हेर
खाना खाएर तल झर्दैछ हेर ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ४
पशुले मानव व्यवहार सिकेको छ
त्यसैले उसको सिकाई बिकेको छ
तालीम नै त्यस्तो लाग्ने हतियार हो
त्यही हतियार सिकारुले झिकेको छ
सीपले गर्दा आज ऊ त्यहाँ टिकेको छ ।
प्रदीप के रिमाल
इटहरी सुनसरी।
पञ्चाङ्ग ५
शक्तिशाली पकाएर सबै खान्छन् मिठा कुरा
कमजोर हुने बाँकी जुठा मान्छन् मिठा कुरा
संसार यसकै चक्रभित्र घुम्दछ फन्फनी
अमूल्य जिन्दगी ज्ञान जम्मै ठान्छन् मिठा कुरा
अदृश्य मृत्युको बाटो यम लान्छन् मिठा कुरा ।
कलानिधि दाहाल
पञ्चाङ्ग ६
सक्ने जतिले खाना बनाएर खान्छन्
नसक्ने जो छ ढाड कनाएर खान्छन्
प्रकृतिको नियम बुझ्नै गाह्रो छ हौ
पशुले आफ्नो जात जनाएर खान्छन्
कोहि दशै जसरी मनाएर खान्छन् ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ७
भन्छन् हाम्रो देशमा रोजगार छैन
गरीब दुःखीको बाँच्ने आधार छैन
बाँदरले पनि रोजगार पायो है
यति विकसित कुनै संसार छैन
सडक बाहेक अरू व्यापार छैन ॥
१
सडक भ्याएका छन् गर्ने काम नभएर
लाप्पा खेलेका छन् रे खाने माम नभएर
बरू बाँदरले रोजगारी पाएछ भन्दै
आन्दोलन् गर्छन् अन्त जाने ठाम नभएर
विरोध गर्छन् आफू नेता बन्ने नाम नभएर ॥
२
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ८
हरेक कुरा आवस्यकताले सिकाउँछ यहाँ
सीप र जाँ गरले सबैलाई टिकाउछ यहाँ
मान्छे अथवा जनावर जे तालिम प्राप्त भए
आफ्ना कला प्रदर्शन गरेर बिकाउँछ यहाँ
नमूना देखाउन भए पनि झिकाउँछ यहाँ ।
तारा घिमिरे स्वेच्छा सङ्खुवासभा
पञ्चाङ्ग ९
यस्तै छ पसिनाको खोलो तरेर खानुपर्छ
कर्मको उर्वर भूमिमै झरेर खानुपर्छ
यति चेत हुनुपर्छ विवेकशील मान्छेमा,
बसी बसी होइन काम गरेर खानुपर्छ
आफ्नो लागि त आफैँ अघि सरेर खानुपर्छ ।
वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग १०
जस्ले कहिल्यै भाँडोमा खाएन माज्दै छ
भाँडा नखकाल्दै सुःख पाएन माज्दै छ
मानिसले नै सबैलाई दाश बनायो
न घर छैन लुगा लगाएन माज्दै छ
खै कसैले उस्लाई पठाएन माज्दै छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ११
काम गरे पो खान पाइन्छ,उसलाई थाहा छ
उता नभए यता आइन्छ,उसलाई थाहा छ
केही त गरौँ न ,चुपचाप बसिरहनु भन्दा
श्रम गरे माया फलाइन्छ उसलाई थाहा छ
नत्र आन्दोलनमा जाइन्छ उसलाई थाहा छ ।
होम प्रसाद नेउपाने
धरान, सुनसरी
पञ्चाङ्ग १२
जुठा भाँडामा खान खोज्दैछ
पाए मिठा नै खाना रोज्दैछ
बिचरा बानर भोकै छ कि
खाना नपाई केही सोच्दै छ
पेटमा उसको छ घोच्दै छ ।
मधुसूदन प्रपाद घिमिरे
पञ्चाङ्ग १३
मन्दिरमा तिम्रो बास रहेको छ
भक्तहरूको त आस रहेको छ
भान्साको भाडा हेर्ने मात्रै भयो
अगाडि भाडाको रास रहेको छ
खान नपाए नि सास रहेको छ ।
सोमनाथ लुइटेल रवि पाल्पाली
पञ्चाङ्ग १४
सुन्नु परेन कहिल्यै नाना खोज्दै छ
भन्नु परेन कहिल्यै छाना खोज्दै छ
जङ्गलमा बस्यो जङ्गलमै रमायो
केही पाएन अन्नका दाना खोज्दै छ
केही होइन पेटले खाना खोज्दै छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १५
बाँदरले पनि काम गर्दैछ हेर
जुठो पुरो खाई पेट भर्दैछ हेर
छैन डर भर कसैको उसलाई
मानवको नजिक नै सर्दै छ हेर
उसको खाने समस्या टर्दैछ हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १६
मान्छेले जस्तै मिठो खान पाए पशुले कति खान्थ्यो होला
यसरी ख्वाएपछि जे जे सिकायो त्यही त्यही मान्थ्यो होला
मान्छेको सट्टा बादरलाई पो पढाएको भए हुन्थ्यो नि
नपढेरै त यत्रो सिप पढेको भए कति जान्थ्यो होला
मान्छेले जस्तो झुठ छान्दैनथ्यो सत्कर्मलाई छान्थ्यो होला।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १७
बाँदरलाई सिकाउन सके कैयौं काम गर्न सक्छन्
मानिसको मायामा उनीहरू पनि भर पर्न सक्छन्
हेलत्व , कुदृष्टिले गर्दा अन्यायको गर्त बढेको हो
मायाले सहारा र सहयोगी बनी अघि सर्न सक्छन्
कैयौं समस्याहरू बुद्धि र विवेकले नै टर्न सक्छन् ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १८
मान्छे देखि मान्छे डर मान्न थाले
जनावर माथि भर मान्न थाले
सन्तान जति बिदेश गए पछि
बृद्ध आमा बाबा जर मान्न थाले
छोराछोरी आफ्नै कर मान्न थाले ।
भनमाया चौधरी कैलाली
पञ्चाङ्ग १९
घरबेटी दाइ सात समुन्द्र तरेर गएपछि
भाउँजूको धेरै पसिना धारा झरेर गएपछि
मेरो मनमा दया पलाएर सहयोग गर्न खोजेँ
काम वालि बहिनी अन्तै बिहे गरेर गएपछि
उनले आफ्नो त्यो खाली सिउँदो भरेर गएपछि ।
मनोज राना सल्यानि बन्गाड कुपिण्डे ३सल्यान
पञ्चाङ्ग २०
सिकाए जनावरले त जान्छ आखिरी
अराएअनुसार सबै मान्छ आखिरी
बास्तवमा अटेरी गर्ने हुन्छ मानिस
आफुलाई सारै चलाख ठान्छ आखिरी
रेटि रेटि आफ्नै टाउको खान्छ आखिरी ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान