“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०८/११
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- १६
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : यो साता स्वतन्त्र आफूलाई इच्छा लागेको पञ्चाङ्ग पोष्ट गर्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
तिमीले भन्यौ म मान्छु अब फस्दिन जुवामा
हेर्दिन कैल्यै तासका बिट्टा बस्दिन जुवामा
भन्नेले भने रिसानी माफ साथ नै छोड्दिएँ
लैजान्छु भन पियारी मन कस्दिन जुवामा
बेवास्ता गरेँ चाप्लुसी पारा घस्दिन जुवामा ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
बिगतका खुशी पलको याद आउछ अचेल
फलेका मिठा फलको याद आउछ अचेल
साच्चै कति आनन्द थियोे नि त्यो बालपनमा
बारीमा काटेका नलकाे याद आउछ अचेल
अनि तिम्रा ति छलका याद आउछ अचेल ।
१
कोही सुन्दैन आमाको चित्कार यहाँ
कहिल्यै छैन राम्रो ब्यबहार यहाँ
सत्ताधारी मौन छन् जनता दु:खमा
देशमा बढेको छ भ्रष्टाचार यहाँ
स्वार्थैले भरिएको छ संसार यहाँ ।
२
दुर्गा भट्टराई
मोरङ -३
पञ्चाङ्ग ३
जमाना कालाहरूको रहेछ
फूलका मालाहरूको रहेछ
भित्र जे भए पनि समय यो
सुनको बालाहरूको रहेछ
खराबी चालाहरूको रहेछ ।
– आर्त अकुलीन
पञ्चाङ्ग ४
हरियालीमा कलकल बग्ने खोला राम्रो
क्षितिज पारीको दृष्य त्यो पक्कै होला राम्रो
प्रकृतिको सम्हार गर्दै राखौ हामी सधैँ
प्रकृतिमै हराउने मानव चोला हाम्रो
सुन्दर प्रकृति कस्को मन नछोला हाम्रो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ५
तिमी वारी मचाहिँ नदीको पारि भएपछि
खुसी कसरी हुनु र मन भारी भएपछि
सँगै बाँच्ने कसमले के हुने भयो र आज
शत्रुलाई तिम्रो थर नामसारी भएपछि
मलाई धोका भो अन्तै बिहेबारी भएपछि ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ६
पेट पाल्नै भएता पनि हथियार नै उठायौ किन
रहर गरेका हौ भने नि साथ मेरो छुटायौ किन
देशका निम्ति मर्थ्यौ भने अमर सहिद हुने थियौ
विदेशी रणभूमिमा जीवनको अर्थ गुमायौ किन
रगत नासो यो मातृभूमिको व्यर्थमा लुटायौ किन?
टीकाराम जोशी
पञ्चाङ्ग ७
खहरे झै बाढी सुसाउँदै आउँछ मनमा
विरहको गीत न्याउलीले गाउँछ मनमा
बुझ्नेले कुरा प्रष्टसँग बुझिदिए पो यहाँ
उज्यालो किरणले छपक्क छाउँछ मनमा
बाँचुन्जेल ढुक्क भई शान्ति पाउँछ मनमा ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ८
ओर्लन्छन् जलका थोपा पहिलो शिर केशमा
जन्मन्छन् पलका थोपा पहिलो शिर केशमा
दिल स्वच्छ भए हुन्छन् टल्केका टल्टली तिनै
काला छन् थलका थोपा पहिलो शिर केशमा
दिल नै भलका थोपा पहिलो शिर केशमा ।
कलानिधि दाहाल
पञ्चाङ्ग ९
घमण्ड धेरै कमाएर जिन्दगानी चल्दैन
अर्घेलो धेरै समाएर जिन्दगानी चल्दैन
ईष्ट मित्र चाहिएला नत्र दुःख पाइएला
वेदना धेरै जमाएर जिन्दगानी चल्दैन
प्रफुल्ल धेरै नमाएर जिन्दगानी चल्दैन ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १०
केही कायम हुँदैन मायाको चिनो सम्झना बाहेक
नाजुक परिस्थितिको एउटा हिलो सम्झना बाहेक
समय बिते सङ्गै बदलिदै जान्छ धेरै कुराहरु
अधिक कति रमाइलो कति झिजो सम्झना बाहेक
आहत मनको घाउ खाटो हियो सम्झना बाहेक ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग ११
गगन चुमेको त कति राम्रो
रविसँगको भेटै अती राम्रो
प्रेम माया ममता एकैसाथ
सोच्छन् भए कसैको खती राम्रो
हुन्न त्यस्तो भरोसा मति राम्रो ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १२
दिएको जाली रुमाल जालै बन्यो
रुँदारुँदै आँसु बगी खालै बन्यो
तिमीलाई के थाहा चेलीको ब्यथा
यही खाल ठूलो भइ तालै बन्यो
ताल पानी भरी बग्ने नालै बन्यो ।
धनमाया चौधरी
पञ्चाङ्ग १३
जिवन सबैको उस्तै हो छल नगर्नु
थोरै लोभमा मित्रसंग कल नगर्नु
आफ्नै अडान्मापनि भुल हुनसक्छ
जानि नजानी तिमि अटल नगर्नु
हुनसक्छ योजना बिफल नगर्नु ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग १४
तिम्रो मेरो जिन्दगीको कहानी बेग्लै छ अझै
तिमी आगो भयौ म भए पानी बेग्लै छअझै
किन बुझ्दैनौ र तिमी जिन्दगी मैले सुम्पेको
दिन देखि रुझेको त्यो सिरानी बेग्लै छ अझै
हिंसामा बिताएको जिन्दगानी बेग्लै छ अझै ।
तारा घिमिरे स्वेच्छा सङ्खुवासभा
पञ्चाङ्ग १५
खुसीले दिन्छ जीवन लिन्छ छलले हुँदैन
फाटेको मन सिउने काम खलले हुँदैन
गरेर सेवा पखाल मैलो मनमा भएको
लिएर बुद्धि चित्तको शुद्धी जलले हुँदैन
दिलले रोजी पिरती खोजी बलले हुँदैन ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १६
तिमीले दिए विषको प्याला खाएर बसौँला
मायाको गीत कोइली भाका गाएर बसौँला
खुसीमा दिल रमायो भने संसार जितिन्छ
पुतली पङ्ख फिँजाई आफैँ धाएर बसौँला
प्रेमको चोखो मायाको चिनो पाएर बसौँला ।
निर्मला सुवेदी
बागलुङ
पञ्चाङ्ग १७
देश बदल्छु भन्दै नेताले बम पड्काउन मात्रै पो सिकाए खै
हतियार देखाएर ,जनता तर्साएर मात्रै सत्ता टिकाए खै
पानी पनि उमालेर पिउनु भनेर सिकाएन जनतालाई,
आज कर्णालीकोबासी हैजाले मर्दा डाक्टर त कहाँ झिकाए खै
सिंहदरबार भित्र बाहिर गर्दै राष्ट्रियता कहाँ बिकाए खै?
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १८
देशको हाल कस्तो खस्कँदो छ यहाँ
जाली फटाहा हेर मस्कँदोछ यहाँ
गणतन्त्र अभिसाप पो हुन थाल्यो
खुट्टा तानातानमा झस्कंदो छ यहाँ
दाजुभाइमै मन चस्कँदो छ यहाँ !
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग १९
कति समय बाँच्नु घाइते तन लिएर
मृत्युलाई कुर्दैछु अर्धमुर्छित मन लिएर
दु:ख सुख त जिवनको दुई पाटो हो रे
शान्तिको स्वास छैन के गर्नु धन लिएर
लास घाट लान आउनेछन् जन लिएर ।
संगीता खरेल
चन्द्रागिरी वडा नं आठ मातातिर्थ
काठमाडौँ
पञ्चाङ्ग २०
तिमीलाई के थाहा परदेशमा रुदै बस्याछु
मनको मैलो झरेका यी आशुले धुदै बस्यछु
छोडेदेखि जन्म घर नपाउँदा तिम्रो साथ त्यो
सधैँ हेरि रहेछु तिम्रै तस्बिर छुदै बस्याछु
रहरले हैन बाध्यताले मन हुँदै बस्याछु ।
मनोज राना सल्यानि बन्गाड कुपिण्डे ३ सल्यान