“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०८/०४
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : यो साता स्वतन्त्र आफूलाई इच्छा लागेको पञ्चाङ्ग पोष्ट गर्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
भात पाकेर के गर्नु उता दालको अभाव
कचौराले मात्र टर्दैन त थालको अभाव
प्रकृतिको हो कि व्यवहारको हो कि यो नीति
टारी छ खेत र बारी सबै नालको अभाव
गुम्सिएको व्यवहार सधैँ चालको अभाव ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
कहाँ जाने हो थाहा छैन अघि लाग्न मात्रै होडछ मान्छे
घटाउ कतै छैन जेसुकै कुरा पनि सधैं जोड्छ मान्छे
थपिदै जान्छन् पिडाहरु बढ्दै बढ्दै जान्छ दुखहरु झन्
केही कुराको छैन नियम भएको पनि त तोड्छ मान्छे
पराईसित सम्बन्ध गासेर आफन्तलाई छोड्छ मान्छे ।
पशपती राई
पञ्चाङ्ग ३
पीर ताप पनि कत्ति हो मनभरि
बस्न खोज्दैछ लुकेर को मनभरि
बुझ्नुस्न कम्सेकम मेरा दु:खलाई
राख्दिन म भन्दा पनि जो मनभरी
आई पोलीदिन्छ छाती हो मनभरि ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ४
तिमी बिना सकम्बरी अधुरो छ
कुन्नि कता कता मुटु अपुरो छ
बाटो हेर्दाहेर्दै यी आँखा रसाय
तिमीलाई बिर्सने एकै कुरो छ
सिरानी मुनि राखेको धतुरो छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ५
के नै लान्छु जस्तो बाँचुन्जेल तेरो र मेरो बरै
अन्तिम घडि मृत्यु समीप सबै अँध्येरो बरै
कहिले कसरी के रुपमा आउँछ पतो छैन
रङ्ग मञ्चिय नाटकमा मायाको चौघेरो बरै
त्यागौ लोभ मोह इष्या घमण्डको खतेरो बरै ।
संगीता खरेल
चन्द्रागिरी वडा ८ मातातिर्थ
काठमाडौँ
पञ्चाङ्ग ६
अभाव नै अभावमा जीवन गयो
थोंत्रो भयो सरिर र इञ्जन गयो
कति दु:ख भोगियो छैन लेखाजोखा
हेर्दैन कतै आयो दनादन गयो
केरह्यो र हाम्रो सारा रन्बन गयो ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ७
जीवन गतिशील वा अस्थिर चाल जस्तो
अत्यन्तै जेलिएको माकुराको जाल जस्तो
किन हो मन कल्पिन्छ इच्छा भित्रै तड्पिन्छ
माछालाई पानी विनाको सुख्खा ताल जस्तो
रहरले नआउने वितण्डा काल जस्तो ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ८
भाग्यमा छैन महंङ्गी फलेको फलेकै छ
बिहानदेखि जिन्दगी दलेको दलेकै छ
दैनिकी चलाउन खै!के के गर्नु पर्ने हो
निष्ठुरी भयो समय छलेको छलेकै छ
असन्तुष्ट मन सधैँ जलेको जलेकै छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १०
बगैंचाको छेउ बार देखेको छु
बारमा लागेको तार देखेको छु
जिन्दगी भनेको पीडाको कहानी
अम्ल र लवण क्षार देखेको छु
सुख र दु:खको सार देखेको छु ।
– आर्त अकुलीन
पञ्चाङ्ग ११
आखिर जानुछ मरी एकदिन
प्रभुसँग जानुछ तरी एकदिन
सबैसँग प्रेमभाव राख्नुपर्छ
साथ छुटिनेछ हरि एकदिन
आत्मा हुनेछ बरी एकदिन ।
कार्की डिबी माकुम
पञ्चाङ्ग १२
म चाहिँ तिम्रो बगैंचाको माली बन्न सकिनँ
चाहेर पनि त पूजाको थाली बन्न सकिनँ
कामना साथ प्रयास गरेँ अघिअघि सरेँ
उषाको जस्तो कहिले नी लाली बन्न सकिनँ
कुनैपनि मौसमको कै बाली बन्न सकिनँ ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १३
मनमा कति पिर छ कुरा गर्नुहुन्छ
न पुच्छर न शिर छ कुरा गर्नुहुन्छ
खान नपुग्ने हैन दु:ख छैन पेटको
खानलाई त खिर छ कुरा गर्नुहुन्छ
तर मनमा झिर छ कुरा गर्नुहुन्छ ।
वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग १४
जिन्दगी सधैं अस्थिरताले जस्तै गयो
झन् झन् अभावको साँङ्लोमा नै पस्तै गयो
यो मन भित्र भित्रै कल्पिएर तड्पिन्छ ,
उस्ले कुरै नबुझी मायामा कस्तै गयो
तर उ भने अरुसँगै पो बस्तै गयो ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १५
हात लागी शून्य हुँदा रोएको छ मन
दुर्भाग्यले शिर छुँदा रोएको छ मन
ओईलीएर गए आज रहरहरू सबै
अवसरले हात धुँदा रोएको छ मन
बाटिएको प्रेम फुँदा रोएको छ मन ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
पञ्चाङ्ग १६
मान्छेमा मात्र होइन पशुमा पनि चेतना भरेको देखियो
बोल्न मात्र नसक्ने रहेछ कुरा दिमागमा छरेको देखियो
हेर्नुस् एउटा पशुले अर्को पशुलाई कस्तो सहयोग गर्छ
यसो हेर्दा त पशु पनि जगमा मान्छे जस्तै गरेको देखियो
यसरी हेर्दा पशु पनि त मर्दा वैतरणी तरेको देखियो
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १७
सतर्क भै रहनु है शिर ढाल्नेसँग
अझ धेरै जोगिनु है झुट टाल्नेसँग
संसार यो यस्तै छ नि छुट्याउन गाह्रो
सावधान सकार्नु है साँचो फाल्नेसँग
यही रितले चल्नु है कृत्य गाल्नेसँग ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १८
गलेका छन् सबै मान्छे गलुन् गल्न सके जति
ढलेका छन् सबै सच्चा ढलुन् ढल्न सके जति!
विसङ्गति छ सर्वत्र मनोबिकार छन् सबै
चलेका छन् सबै यस्तै चलुन् चल्न सके जति
फलेका छन् अझै दुष्ट फलुन् फल्न सके जति!!
कलानिधि दाहाल