चित्रमा पञ्चाङ्ग
===========
भाग: ८८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०७/२२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
तिहार आयो कुकुर पूजा गर्ने अब
कति ज्ञानी वरपर नि नसर्ने अब
भुक्दैन, टोक्दैन, टोक्दा कराउँदैन है
यसलाई बेचेर ढुकुटी भर्ने अब
कला गजबको, खाँदा छाक टर्ने अब ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
समय मिलाएर आयो
भरोसा दिलाएर आयो
आखिर परिस्थिति सौम्य
हृदय सिलाएर आयो
उदक पिलाएर आयो ।
– आर्त अकुलीन
पञ्चाङ्ग ३
सौन्दर्य र सुन्दरताको बनाइयो कोकिस
हेर्दा कुकुरलाई पनि भनाइयो कोकिस
रचनात्मकताको लागि कुनै सीमा नहुने
सबैको मन जिताएर छनाइयो कोकिस
अन्तमा रचनात्मक नै भनाइयो कोकिस।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग ४
आहा पाउ रोटीबाट कुकुर बनाए
तिहार मानाउँने राम्रो सुर बनाए
नजिक आयो तिहार रमाइलो हुन्छ
छाउरो कलाकारी भरपुर बनाए
मानिसलाई आज चक्नाचुर बनाए ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ५
संस्कृति हाम्रो राम्रो छ छान्नु सबैले
कुकुर सभ्य प्राणी हो मान्नु सबैले
आत्मिक मनले पुजा गर्नु पर्छ है
भित्री मनले यो कुरा जान्नु सबैले
सारा पर्व मान्छु भन्ने ठान्नु सबैले ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ६
कला हो सीपको म माया गर्छु अनि सम्मान गर्छु
कदर नि गर्न अगाडि सर्छु अनि सम्मान गर्छु
कुकुर हाम्रो अभिन्न साथी हो पूजा गरौं सबैले
कञ्चन रुपको सन्देश छर्छु अनि सम्मान गर्छु
कला र साहित्यमा भर पर्छु अनि सम्मान गर्छु ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ७
हट डग वन हेर साथी
पप्पीको तस्विर केर साथी
प्राकृतिक नक्सा भेटिँदैन ?
तिहारको बेला नेर साथी
के लेख्नु त अब धेर साथी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ८
अनेक छन् नि मानव कला हेर यहाँ
तयारी प्याकेट खाना खान्छन् धेर यहाँ
राम्रो खाना स्वास्थ्यको लागि आवश्यक छ
हाम्रो स्वास्थ्य विग्रन लाग्दैन बेर यहाँ
कलारूपी जीवन नफाल खेर यहाँ ।
शोभा आचार्य गौतम
काठमाडौँ ।
पञ्चाङ्ग ९
विश्वास भन्ने आजकल भरपुर छैन
के गर्ने कसो गर्ने कुनै तालसुर छैन
तिहार चाडले घर आँगन घेरिसक्यो
प्रकृतिको पुजा गर्ने समय दुर छैन
साँच्चै ईमान्दार जनाबर कुकुर छैन ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग १०
कतै पनि नछोडि समय चारैतिर धाउँदो रहेछ
शिशिरको उजाडले पनि त वसन्त पाउँदो रहेछ
धैर्य र सहनसिल भइ संघर्ष गरेमा एकदिन
हेर कुकुरको पनि त पुजिने दिन आउँदो रहेछ
सबैको जीवनमा सफलताले गीत गाउँदो रहेछ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
भोक लागे पनि पप्पी खान मन छैन
यसलाई छोडी अन्त जान मन छैन
भोकभन्दा भोजन त ठूलो हैन होला
दिए पनि घर बोकी लान मन छैन
माने मान नमाने नमान मन छैन ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग १२
आइसक्यो तिहार अब धेरै दूर छैन
नभन्नू बैनी माला उन्ने मेरो सुर छैन
हेर पाउरोटीबाट नि बनाउन मिल्यो
भन्नु पर्दैन माला लाउने कुकुर छैन
यै धर्तीबाहेक अर्को अमर पुर छैन ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १३
मनको सबै बिकारहरु फालेर हेर
सद्भाव अनि शान्तीको दीप बालेर हेर
बोल्न नसक्ने हुन् भावाना छ यिनमा पनि
ईष्र्या र वैरभाव विचारहरु गालेर हेर
कुकुर पनि चेतनशिल पालेर हेर ।।
संगीता खरेल
काठमाडौँ
पञ्चाङ्ग १४
कुकुरहरू हुन्छन् असल सधैँ
ज्ञानी आफै बन्ने पहल सधैँ
स्वामिभक्त त आफै हुन्छन्
बौलाएपछि हुने गरल सधैँ
तिहारमा पुजिने अचल सधैँ
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी ।
पञ्चाङ्ग १५
कला चाहिन्छ आकृति जे को पनि बन्ने हो
बनाएर नाम के राख्ने आफैले भन्ने हो
गहुँको पिठोबाट कला कति सजिलो छ
सीप भएपछि धेरै पैसा बन्छ भन्ने हो
दिनभरि बसेर हातले नोट गन्ने हो ।
नवराज भट्ट
कञ्चनपुर