Wednesday 27th November 2024

चित्रमा पञ्चाङ्ग, भाग – ८६


चित्रमा पञ्चाङ्ग
===========
भाग: ८६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०७/०९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
ममताको मूल्य जाँचेर हेर्नेलाई
आँगनको चौडा नाचेर हेर्नेलाई
भावनाको गहिराइ कसरी भन्नू
रोगमा ओखती साँचेर हेर्नेलाई
सम्बन्धको डोरो भाँचेर हेर्नेलाई ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २

कृष्ण शक्तिका अपरम्पार थिए
जीवन गाथाका उनी सार थिए
गीतामा उनकै वचन सुनीन्छ
राक्षसगणका उनी भार थिए
असत्यका लागि कृष्ण हार थिए ।

शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ३

सत्य आमाको स्थान कसैले पनि लिन सक्दैनन्
बेलगाम अथाह माया ममता दिन सक्दैनन्
सन्तानले गरोस् कयौ गल्ती माफ दिँदै सम्हाल्दै
मरुभूमि पुग्दा सदभावले रङ्गीन सक्दैनन्
जिन्दगीभर पुलकित भई सम्झिन सक्दैनन् ।

#पृथक।प्रकृति,झापा

पञ्चाङ्ग ४

आमाको दुध जस्तो कहाँ हुन्छ र अरुको अमृतै पिए पनि
अरुको लाख आमाको काख भन्छन् ममता जति नै खिए पनि
आमाको ममता र महानताको कसरी बयान गरुँ खोइ,
आमा बिना सृष्टि कहाँ चल्छ र ईश्वरले संसार दिए पनि
कोख आमाकै चाहिदो रहेछ बिष्णुकै अवतार लिए पनि ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ५

मायाको कहिकतै सिमाना हुँदैन
यसै कोही दिवाना दिवाना हुँदैन
मायाको डोरी त अदृश्य रहन्छ
आमा बिना घरको छाना हुँदैन
मायामा कुनै कोरा पाना हुँदैन ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ६

सही जीवनको खाता जस्तो केही हुँदैन
सुरक्षित राख्ने गाता जस्तो केही हुँदैन
बौद्धिकताको माया नै ठूलो उपहार हो
स्वार्थरहितको छाता जस्तो केही हुँदैन
सांसारिक आफ्नै माता जस्तो केही हुँदैन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७
केही इलम त हुनैपर्ने जिन्दगी जिउन
के मानव के भगवान सबैले दुध पिउन
ब्यक्तिगत स्वास्थ्यलाभको खातिर पनि
दुध प्रयोग गर्न मिल्ने आठोपाजो तिउन
काम लाग्ने उसै फाटेको व्यबहार सिउन ।

प्रदीप के रिमाल
इटहरी सुनसरी ।

पञ्चाङ्ग ८

हेर नमानि लाज न मानि सर्म दिनु हुन्छ आमा
हो पूरा गर्नु पर्ने आफनो धर्म दिनु हुन्छ आमा
भोलि तेहि सँतान ठूलो भयसि भचन लगाउँछ
बुझदैन्न कसैले आमाको मर्म दिनु हुन्छ आमा
रिसमा पनि बोली बचन नर्म दिनु हुन्छ आमा ।

मनोज राना बन्गाड कुपिण्डे नगर पालिका ३सल्यान

पञ्चाङ्ग ९

पूरा त कहिले आधा सम्झेर
अनेक थरीका बाधा सम्झेर
सधैँको खुसी तिम्रो कर्म हेरी
जीवनको रङ्ग साधा सम्झेर
कृष्ण आएका हुन् राधा सम्झेर ।

– आर्त अकुलीन

पञ्चाङ्ग १०

अर्काको दुःखमाथि कसको पो आँसु झर्छ यहाँ
बिनास्वार्थ पर्दा सहयोग कसले गर्छ यहाँ
संसारमा अन्त कहीँ पाइन्न खोज्नु पर्दैन भो
आमाबिना यो सारा धरती जिउँदै मर्छ यहाँ
निःस्वार्थ माया खोज्न आमासम्म पुग्नुपर्छ यहाँ ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ११

आमाको ममता आहा कति
सन्तान साथ हुने चाहा कति
कर्तव्य र दायित्व भुल्दिनन्
समयमा काम थाहा कति
रत अरु गर्छन् डाहा कति ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग १२

छोराछोरी कति खुसी छौ माताको साथमा
आमा सधैँ रमाउँछिन् गौमाताको साथमा
माता तिम्रै दुधले लाखौँ करोडौँ बाँच्दछौँ
सबै जात धर्म वर्ग हौ माताको साथमा
सर्वसाक्षी बन्दै बाँचौँ लौ माताको साथमा ॥

गुणनिधि घिमिरे अमेरिका

पन्चाङ्ग १३

गौसेवा बाल स्याहार सहनसीलता माताको कर्म हुन्छ
यसै कृष्णले पछ्याएनन् तेतिबेला गृहस्थको मर्म हुन्छ
बोल्न जस्तो सहज हुँदैन है व्यवहार थाम्न यहाँ पनि
यसरी दोहोरो कार्य गर्न सजिलो हुन्न धेरै सर्म हुन्छ
ममतामयी माताको सदा आज्ञा मानौँ यही हो धर्म हुन्छ ।

कमला देवकोटा, पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...