Wednesday 27th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय एक भाग (१०१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०६/२९
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : टार्नु, हार्नु, पार्नु, मार्नु, सार्नु, खार्नु, लछार्नु, झार्नु, बढार्नु, तार्नु, दार्नु, बार्नु आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
साला समय यसरी टार्नु परेको छ
जस्तो कि कुनै युद्धमा हार्नु परेको छ
जहाँ पुरानो घाउमा खाटो छ बसेको
त्यसै माथि फेरि चोट पार्नु परेको छ
इच्छाहरू गर्भभित्रै मार्नु परेको छ ।
*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग २
दुःख सुख मिलाएर टार्नु रहेछ जीवन
खुसी बाँड्न जानीजानी हार्नु रहेछ जीवन
थाहा नपाउँदाको खुसीहरू मीठा हुने हुन्
बग्ने आँसु भित्रतिरै सार्नु रहेछ जीवन
बोल्नु भन्दा ठिक, मुख बार्नु रहेछ जीवन ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
भोलि भेट्छुँ भनेर प्रियालाई टार्नु परेको छ
यो जिवनमा आफनै भाग्य देखी हार्नु परेको छ
हाम्रो चोखो प्रेममा फाटो हाल्ने कति थिए कति यहाँ
तिमिलाई बिर्सने अन्य बहाना पार्नु परेको छ
कहिले पुरा नहुने मनका रहर मार्नु परेको छ ।
मनोज राना बन्गाड कुपिण्डे ३
पञ्चाङ्ग ४
जितेर पनि कहिले काहीँ आफू हार्नु पर्छ रे
जिन्दगीलाई त यहाँ निक्कै नई खार्नु पर्छ रे
बुढा पाकाहरुले भन्ने गर्नु हुन्छ हामीलाई
मौका पर्दा आकाशको तारा नी झार्नु पर्छ रे
कहिलेकाहीं बोलीले मात्र पनि टार्नु पर्छ रे ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ५
बिना गल्ती तिमीसित हार्नु परेको छ
सोची बिचारि घमण्ड झार्नु परको छ
सोचेकी थिएँ तिमी त महान छौ भनी
बिलिन जोश जाँगर खार्नु परेको छ
आफ्न रहर नि सबै मार्नु परेको छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ६
यो समयसँग हार्नु परेको छ
सारा चाडपर्व बार्नु परेको छ
नीति र नियम बुझेर संस्कार
सभ्यताको वृक्ष सार्नु परेको छ
मनका चाहाना मार्नु परेको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ७
आजको काम भोलि गर्ने भन्दै टार्नु भएन
जातीयता छुवाछूत लिएर सार्नु भएन
मन मिल्ने हितैषी मित्र जे गर्दा हुन्छ भन्दै
अरुको जमीन घडेरी आफैँ खार्नु भएन
पौडी खेल्न नआउनेले खोला तार्नु भएन ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग ८
चोखिन नै नपाएसी रोटी तार्नु क्यारी
बिहान र बेलुकाको छाक टार्नु क्यारी
चाडबाड आयो भन्छन् वरपर सबै
चुहिएको ढडियामा माछा पार्नु क्यारी
असम्भव छ भनेर आसै मार्नु क्यारी ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ९
सन्तान छन् विदेश चाडमा सम्झेर आशु झार्नु परेको छ
घर र खेत साहुको कब्जाबाट आफ्नोमा सार्नु परेको छ
आशिष,टीका र जमरामा नै सारा खुशी मैले देख्नुपर्छ
छैनन् नयाँ लुगा पूरानैले दशैं तिहार टार्नु परेको छ
चाहना धेरै हुँदा हुँदै पनि अभावले बार्नु परेको छ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १०
बाँचौँ बचाौँ सबैलाई मार्नु किन
मितेरी गासौँ यो मन बार्नु किन
यो चोला आखिरमा मर्दछ पक्कै
जीत सबैको हुनुपर्छ हार्नु किन
छैन भनी बेकार आँसु झार्नु किन ?
कार्की डिबी माकुम
पञ्चाङ्ग ११
समस्याको चाङ छ सार्नु कसरी
दु:ख देखर मन मार्नु कसरी
सजिलो कहाँ छ र यो संसारमा
आउँदैछन् समस्या टार्नु कसरी
बिरामी छु धान झन् झार्नु कसरी ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १२
सकी नसकी संस्कृति बार्नु परेको छ
ऋण नै काढी घमन्ड झार्नु परेको छ
ए सामन्तीहरू च्याङ्ग्रा त तिमीलाई हो
आफूले साहुको भाका सार्नु परेको छ
बल्लबल्ल गुन्द्रुकले छाक टार्नु परेको छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १३
दशैँ आयो कुरितीलाई बढार्नु होला
अन्याय अत्याचार पनि निखार्नु होला
पर्व मनाऊॅं सामाजका गहना हुन्छन्
घर समाज लाई खुबै सिङ्गार्नु होला
अखण्डता व्यबहारमा उतार्नु होला ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग १४
कसैलाई हँसाउन र आफू रम्न मन खार्नुपर्छ
समस्या सुल्झाउन सही मार्गमा पाइला सार्नुपर्छ
कदापि दम्भ नगरौं,प्रफुल्ल भइ अघि सरौं भन्ने
त्यही सुन्दर मनको डुङ्गालाई जङ्घार तार्नुपर्छ
म मात्र होइन , हामी हौं भन्ने सुकार्यले पार्नुपर्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १५
जानि जानि नै आज तिमी सँग हार्नु परेको छ
तिम्रो खुसीको लागी आफ्ना ईच्छा मार्नु परेको छ
अबत यो जिन्दगी तिमीमा समर्पित गरेर
यदाकदा अप्रत्याशित आँशु झार्नु परेको छ
मनका व्यथा लुकाएर हाँस्दै टार्नु परेको छ !
विवश पारदर्शी
झापा,
पञ्चाङ्ग १६
चाडबाडको बेला आँशु झार्नु परेको छ
आधापेट खाएर छाक टार्नु परेको छ
दुःखीलाइ नै दुःख झन् थपिदिंदा यहाँ
आफ्ना सारा चाहनालाइ मार्नुपरेको छ
पिडा साथमा लिइ सुख तार्नु परेको छ ।
सरिता सेढाई धादिङ
पञ्चाङ्ग १७
समय बलवान रहेछ साथी सुन
धेरै असमयमै गएछ माथि सुन
कोशिस गरेको नि धेरै भैसक्यो यहाँ
सयौं काम ती मेरा रहेछ थाती सुन
मृत भन्दा अजात भएछ जाती सुन !
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग १८
जिउनको लागि आफैँसँग हार्नु परेको छ
ईच्छा र चाहाना भित्र भित्रै मार्नु परेको छ
जीवनको घडी सुल्टो कहाँ घुम्दो रहेछ र
होसियारका साथमा डुङ्गा तार्नु परेको छ
आवश्यकता नि यसै सार्नु परेको छ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १९
चढाउनु वैभवलाई माथि वैमनस्य झार्नु होला
मनलाई माझेर सफा बनाई टिलिक्क पार्नु होला
भाइ – भाइ बीच एकता गरेर मनाऔ बडा दसैं,
यसरी नै यसलाई पछिल्लो पिढीसम्म सार्नु होला
भड्किलो कति होइन सादा तरीकाबाट टार्नु होला ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग २०
तिमीले जित्दा मैले हार्नु परेको छ
इच्छा अनि आकाङ्क्षा मार्नु परेको छ
तिमी त खुसी नै छ्यौ तर यहाँ मैले
दिनरात आँसु यो झार्नु परेको छ
विना दोष बसाइँ सार्नु परेको छ ।
वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग २१
बिना डुङ्गामा खोला तार्नु कसरी
छायो पर्वले छाक टार्नु कसरी
घरमा खाने अन्नको दाना छैन
जानीजानी खाल्डोमा पार्नु कसरी
सानो यो लडाइँमा हार्नु कसरी ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे
पञ्चाङ्ग २२
जिउनकै लागि समयसँग हार्नु पर्दोरहेछ
हरेक चाहाना मन भित्र नै मार्नु पर्दोरहेछ
घरब्यवहार चलाउन सार्है गाह्रो हुँदा पनि
सधैं आधापेट खाएर छाक टार्नु पर्दोरहेछ
साहुका ऋण एक अर्को गर्दै सार्नु पर्दोरहेछ ।
दुर्गा भट्टराई
पञ्चाङ्ग २३
हिन्दुको महान चाड आगनमा हार्नु कसरी
जानीजानी अर्काको ज्यान पनि मार्नु कसरी
घरमा अन्नको गेडो समेत छैन आजसम्म
पाहुना सहित पारिबारिक छाक टार्नु कसरी
ऋणदाता साहुलाई विश्वासमा पार्नु कसरी ?
प्रदीप के रिमाल
इटहरी सुनसरी।
पञ्चाङ्ग २४
अबोध सन्तानसंग हार्नु पर्यो मैले
आश्वासन दिदै मिति सार्नु पर्यो मैले
अभाव छ कतै,कतै फालाफाल यहाँ
साना खुसी संगै इच्छा मार्नु पर्यो मैले
देख्लान् भनि एक्लै आँसु झार्नु पर्यो मैले
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौ


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...