Wednesday 2nd April 2025

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि


युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

यूएईका ध्रुव पराशरले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अरु कुनै पनि यूएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो ।

नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । कमजोर शुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि एक सय ३२ बलमा एक सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । दीपक डुम्रे २८ रनमा आउट भए । पाँचौँ विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए । यूएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ५ विकेट लिए ।

कप्तान आयन खानले २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, यूएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

ज्याक्सन ओस्वाल्ट तपाईंको औसत १२ वर्षको केटा थिएनन्। जबकि उनको उमेरका धेरैजसो केटाकेटीहरू भिडियो गेम खेलिरहेका थिए वा बाइक चलाइरहेका…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि मन्त्रीहरूले हमासमाथि सैन्य दबाब बढाउन रातारात मतदान गरे, गाजा पट्टीमा राखिएका बन्धकहरूलाई मुक्त गर्न…

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको…

प्रतिकृयाहरू
...