Saturday 7th June 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः माया गर्नेहरूको माझमा


माया गर्नेहरूको माझमा……………

माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ
तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु
मैले हाँसेर उसलाई अँगालो हालेछु

तिम्रो माया मेरो दिलमा दौडिरहेछ
तिम्रो मायाले मनलाई खुसी बनाउँछ
मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ
तिमीले मेरो मायालाई सवै थोक सम्झन्छौ

तिमीले मलाई भनेको कुरा सम्झन्छु
म तिम्रो मायाको बारेमा सोच्दै छु
माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...