Sunday 28th December 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः त्यो सुन्दर टोपी


त्यो सुन्दर टोपी, सधैँ मलाई……………….
त्यो सुन्दर टोपी, सधैँ मलाई छक्क पारेको छ    
म सक्दिन अलग हुन सधैँ भरी साथ चाहिन्छ
 
बाटोमा भेट भयो तर म तिमीसँग बोल्न सक्दिन
हामी सँग समय छ सक्ने छौ दुई मुटु जोडन
पहिले देखिको प्रेम मनमा लुकेर बसेको छ
मुस्कानको जिज्ञासु लहरहरू अझै सोध्न बाकी छ
 
म गएपछि के हुन्छ सबै कुरा अनुमान गर्छु
तिम्रो यादमा आँखाबाट आशु झारी रुन्छु
जुन कल्पनामा विगतका परिदृश्यहरू यात्रा गर्दछ
सुन्दर शब्द बोल्यौ मैले सम्झन सक्नुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...