Sunday 28th December 2025

लघुकथा:बाख्री -नारायण कोइराला


बाख्रीले दुःख मनाउँदै भनी,”अब छुट्टिने दिन आयो।”बोको केही बोलेन।

गाउँभरी वली दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्यो।बोको र बाख्री खुसी भए।

बोको र बाख्रीको खुसी केही समयमै टुट्यो।पर्वको बेला गाँउमा धेरै बोका काटिए।
बाख्री टुलुटुलु रहेकी थिई।अचम्म!!विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए। बाख्री सोँच्न बाध्य भई,”असली पशु मानिस कि जनावर?”

नारायण कोइराला
– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...