Thursday 28th August 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मेरो प्रिय


मेरो प्रिय मैले तिमीलाई……………
मेरो प्रिय मैले तिमीलाई अझै माया गर्नु छ
जब सम्म यी नदी नला रहिरन्छन् मेरो माया रहिरहन्छ
मेरो माया फूल जस्तै बन पाखामा फुलिरहन्छ
सोझो मान्छे तिमी  तिम्रो साथ पाइन्छ 
 
म तिमीलाई एउटा झरनामा पिउँदै गरेको देख्छु
तिमीले हात हल्लाउँदै हिँडेको देखेको छु     
मैले जवाफ दिएँ सुन्नका लागि आयौ
प्रेमी थियौ प्रेम गर्छौ त्यसैले साथ खोज्यौ
 
 
यति गहिरो प्रेममा छु म तिमीलाई अझै माया गर्नेछु
जति टाढा भए पनि म फेरी आउनेछु
मेरो प्रिय मैले तिमीलाई अझै माया गर्नु छ  
जब सम्म यी नदी नला रहिरन्छन् मेरो माया रहिरहन्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...