Tuesday 6th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मायालु बनाउँछ


यही कुराले उनलाई सबैभन्दा………….
यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
म तिमीलाई माया गर्छु  यो कुरा साँचो हो
मैले तिमीलाई भित्री मनबाट माया गरेको हो  
 
लामो समय देखि तिम्रो प्रतीक्षा गरेको छु
मेरो मुटुलाई तिमी तिर सारेको छु
यो तिमी नै हो जसलाई मैले माया गर्छु
तिमीलाई सधैँ भरी मायाले बेरेर राख्नेछु
 
हेरी रहेको हुन्छु मैले तिमि आउने बाटोमा
कल्पना गर्छु राखेर साँचो शान्त हृदयमा
मैले तिमीलाई भित्री मनबाट माया गर्छु  
म मायाले मर्नेछु किनकि म तिमीलाई माया गर्छु,
 
तिम्रो मुस्कानले सम्मोहन गर्छ 
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
तिमीलाई नजिक पाउँदा खुसी लाग्यो
म तिमीलाई माया गर्छु, भेट्न मन लाग्यो
 
यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...