Saturday 20th September 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मायालु बनाउँछ


यही कुराले उनलाई सबैभन्दा………….
यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
म तिमीलाई माया गर्छु  यो कुरा साँचो हो
मैले तिमीलाई भित्री मनबाट माया गरेको हो  
 
लामो समय देखि तिम्रो प्रतीक्षा गरेको छु
मेरो मुटुलाई तिमी तिर सारेको छु
यो तिमी नै हो जसलाई मैले माया गर्छु
तिमीलाई सधैँ भरी मायाले बेरेर राख्नेछु
 
हेरी रहेको हुन्छु मैले तिमि आउने बाटोमा
कल्पना गर्छु राखेर साँचो शान्त हृदयमा
मैले तिमीलाई भित्री मनबाट माया गर्छु  
म मायाले मर्नेछु किनकि म तिमीलाई माया गर्छु,
 
तिम्रो मुस्कानले सम्मोहन गर्छ 
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
तिमीलाई नजिक पाउँदा खुसी लाग्यो
म तिमीलाई माया गर्छु, भेट्न मन लाग्यो
 
यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

प्रतिकृयाहरू
...