Saturday 7th June 2025

चित्रमा पञ्चाङ्ग, भाग-८२


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०६/१०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बयासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
एकोहोरो बनेर जिन्दगीलाई बन्द गर्नु हुँदैन
अघाउन आफ्नो मन विषले हृदय भर्नु हुँदैन
सकारात्मक सोच्नुपर्छ, व्यवहारिक बन्ने गर्नु
जीवन भनेको आफ्नो, आफैँले कहिल्यै हर्नु हुँदैन
स्वार्थमा लिप्त भएर आफ्नै मात्र पथ सर्नु हुँदैन ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
सुरुआतमा वनपाखाको त्यही कन्द भयो मान्छे
ज्ञानबिनाको जीवनमा साह्रै नै मन्द भयो मान्छे
अचेल सामाजिक सञ्जालको अति प्रयोग गर्दा
संस्कार न संस्कृति हुँदा छाँट न छन्द भयो मान्छे
केवल कोठा रूपी पिंजडाभित्र बन्द भयो मान्छे ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ३
मानिस सामाजिक सञ्जालमा फस्यो
आज मोबाइलको बबालमा फस्यो
आफैले खनेको खाडलमा फस्दै छ
अरूलाई कैदगर्ने चालमा फस्यो
मानवताको त्यो अनिकालमा फस्यो ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ४
आज प्रविधिले मानिसलाई तानेको छ
पिँजडामै सञ्जाल चलाउन जानेको छ
आफ्नो घरभित्र हेरी चराचुरुङ्गी छक्क
के बित्यो के बाँकी पत्तो छैन पो छानेको छ
बल्ल आयो समय भन्ने बरु ठानेको छ ।
जमुना आचार्य
सिन्धुपाल्चोक
पञ्चाङ्ग ५
पाएन चाल थुनेछ आफैको प्रविधिले
समाज टाढा बुनेछ पिंजडा प्रविधिले
थुन्दथे सुँगा अहिले मानव थुनिएछ
चेतनशील चुनेछ साथी लौ प्रविधिले
भाग्न नसकी रुनेछ जित्यो लौ प्रविधिले ।
सुस्मिता अधिकारी
काठमाडौँ
पञ्चाङ्ग ६
चरा बस्ने घरमा मान्छे बस्न पर्यो हेर
समयले आज कता तिर पो दर्यो हेर
आधुनिकताले गर्दा मान्छे चल्न नजान्दा
मानवीय जीवन उधों उद्यौ झर्यो हेर
हेर्दा हेर्दै आफै आफ कसरी सर्यो हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
कोही त सुन्दर धरामा छन्‌
कोही कोही कठैबरामा छन्
जिन्दगी यसरी नै चल्दो हो
कोही रुखको लहरामा छन्
कोही भने कठघरामा छन् ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ८
थाहा छैन पिॅजडामा कति बेला पर्यो
सञ्जालमा भुल्दैथियो कस्ले खेला गर्यो
किताब र कापी लिई पढ्ने बेला हो यो
बहुलठ्ठी साथीहरूलाई भेला गर्यो
अरू त के भनौँ र फिस्टोले हेला गर्यो ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ९
प्राणी आआफ्नो खुसीले जिएका हुन्छन्
के गर्ने निर्णय आफै लिएका हुन्छन्
सबैका एउटा पहिचान हुनाले
केही न केही शन्देश दिएका हुन्छन्
यात्रामा परेका भ्वाङ्ग सिएका हुन्छन् ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग १०
पिँजडाभित्र बसेर तिमी नफाल जिन्दगी
स्वतन्त्र भई जन्मेर खोरमा नहाल जिन्दगी
दुईदिने चोला हाँसी र खेली बिताउनुपर्दछ
चिन्ता र सुर्ता शङ्कामा सधैँ नगाल जिन्दगी
मानव भई जन्तुमा व्यर्थै नढाल जिन्दगी ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
पन्चाङ्ग ११
प्रबिधिको दास भएको छ जिन्दगी
शरीरै राख्न सक्ने कहेको बन्दगी
बाह्य समाजको के जतासुकै जाओस्
आफ्नै सुर तालमा बहेको जिन्दगी
नकारात्मकतामा रहेको जिन्दगी !
कमला देवकोटा ,पाल्पा
पञ्चाङ्ग १२
चरी जस्तै स्वतन्त्र बन्नु पर्छ
प्रविधिको प्रयोग जन्नु पर्छ
परीले आफैँलाई थुनेको छ
एकले अर्कालाई भन्नू पर्छ
आफैँले पिंजडा नै गन्नु पर्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १३
मोबाइलले गर्दा पिँजडा भित्र रात देखायो
भाग्यले नै बर्तमान जीवनमा घात देखायो
मोबाइल चलाउदा समयको थाहै पाएनन्
चराको खोरमा बसेर मान्छेले जात देखायो
आज सहन गर्न नसक्ने पक्षपात देखायो ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १४
बनेन कहिले तिम्रो मन पबित्र बन्द गरियो
खास बोल्दा शधै ख्याल्ल गर्नोस् मित्र बन्द गरियो
सामाजिक सँजालको दुरु पर्योग गरेको खण्डमा
थाहा पाए पछी सबैले तिम्रो चरित्र बन्द गरियो
बदमास् रहिछ्यौ रत पिजडा भित्र बन्द गरायो ।
मनोज राना सल्यानि
बन्गाड कुपिण्डे ३ सल्यान
पञ्चाङ्ग १५
सामाजिक सञ्जालको परि भयौ नि
पिजडामा थुनिएको चरी भयौ नि
यस्तै रैछ जिन्दगानी दुई दिनको
मान्छे एक रुप अनेक थरि भयौ
रित्तिएको भाडो भित्र भरि भयौ नि ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग १६
फोनले गर्दा पिञ्जराको चरी जस्ती भईस्
पर्देशमा छु एक्लै कठैबरी यस्ती भईस्
यसरी फोनमा झुण्डिएर आँखा बिग्रेलान्
घोप्टेयुग आयो भन्थे हे ! हरि मस्ती भईस्
नभेटेको धेरै भयो ए ! मरी ! कस्ती भईस् ?
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १७
कसैको भयो पिँजडाको जुनि यहाँ
नयाँ प्रविधि रहेछ सार्है गुनि यहाँ
जसो गरो तसै चल्दो रहेछ जिन्दगी
कसले राखेको होला मान्छे थुनी यहाँ
त्यो मान्छे त रहेछ नी सार्है खुनी यहाँ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १८
कहिलेकाहीँ समय मिलाई भित्र बाहिर हेर्नु पर्छ
गलत छु वा सहि नै छु आफ्नै मनलाई केर्नु पर्छ
विज्ञान, प्रविधिले जीवन सहज बनाउने गर्छ सधैँ
प्रविधि दुरुपयोगको खराब बानी चाडैँ फेर्नु पर्छ
आफैंले नजाने जान्नेहरुको सुझावलाई टेर्नु पर्छ ।
प्रदीप के रिमाल
इटहरी सुनसरी।
पञ्चाङ्ग १९
मोबाइलले मानवको कैद गरायो आज
साथीहरूको माझबाट एक्लो बनायो आज
प्रविधिको फाईदा बेफाइदा दुबै छ यहाँ
कसरी पिँजडारुपी कोठामा सरायो आज
बाहिरी दुनियाँको रस रङ्ग हरायो आज ।
शोभा आचार्य गौतम
काठमाडौँ
पन्चाङ्ग २०
बन्दी जीवन पिजडाको सुगा सरी जीउँदा
सुगा त बाध्यताले बन्दी बनी मरी जीउँदा
मनभरी वनवन घुम्ने कल्पनामा डुल्थ्यो
इन्टरनेटको दुनियाँमा कैद गरि जीउँदा
सर्म छैन मानव कर्म धर्म भरी जीउँदा ।
सरिता काफ्ले कोहलपुर ८ बाँके
पञ्चाङ्ग २१
प्रविधिसँग मात्र हुन्छौँ मोहित हामी सबै
नचले मोबाइल हुन्छौँ क्रोधित हामि सबै
समयमा नित्य कार्यहरु सबै त गर्नुपर्दछ
आहारविहार नपुगे कुपोषित हामी सबै
क्षणिक सुख पाउँदा पुलकित हामी सबै ।
कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी
पञ्चाङ्ग २२
चरी छक्क पर्दैछ मान्छे आफैं पिंजडामा परेको देखेर
सधैं माथि मात्रै उक्लन जान्ने आज तल झरेको देखेर
प्रविधि त पायो नि तर आज विधिले पो घाँस खाइदिदा
जिस्काइरहेछ वस्तुले पनि मान्छे आफैं चरेको देखेर
यस्तो सिर्जनसील मान्छेको सिर्जनाशक्ति मरेको देखेर ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग २३
प्रविधि को जमानाले गर्दा बसायो मोबाइलले
उपकरणले पिँजडामा फँसायो मोबाइलले
मानव सचेत भएर नि पञ्छी झैँ बन्धनमा छ
रात दिन आँखा त्यसैमानै धसायो मोबाइलले
बाध्यताले मान्छेमा कम्मर कसायो मोबाइलले ।
बेदु न्यौपाने
काठमाडौँ
पञ्चाङ्ग २४
अनावश्यक मार्गमा मान्छे अघि सर्यो भने
पढाइ भन्दा मोबाइलमा बानी पर्यो भने
जीवनको पिन्जडामा थुनिनेछन् आशाहरू
भित्रै देखि अरुको कुरा नसुन्ने गर्यो भने
समयको महत्त्व नबुझ्ने मान्छे पर्यो भने ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग २५
कहाँ गए डन्डीबियो लुकामारि खेल हजुर
हातको मोबाइल बनाउदै छ नेल हजुर
सम्बन्धहरु गुमनाम आदर सत्कार पनि
एउटै घरभित्र छुट्टाछुट्टै छन् जेल हजुर
परिवारमा बोलचाल कम छैन मेल हजुर ।
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौ


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...