Thursday 24th September 2026

कोमल वलीको तीज गीत ‘भदाैरे झरी’ बजारमा


तितोपाटी – लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । कोमल वलीको यस अघि नै ‘माननीय ज्यू’ बोलको तीज गीत पनि बजारमा अाइसकेको छ ।

महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा तिजको अागमनसँगै तिजका गीतहरु पनि गुन्जिन थालिसकेका छन् । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।

मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलार्इ राम गोपालीले स्वरमा साथ दिएका छन् । सन्ध्या के।सीद्वारा शब्द सृजना भएको उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...