Friday 5th December 2025

कोमल वलीको तीज गीत ‘भदाैरे झरी’ बजारमा


तितोपाटी – लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । कोमल वलीको यस अघि नै ‘माननीय ज्यू’ बोलको तीज गीत पनि बजारमा अाइसकेको छ ।

महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा तिजको अागमनसँगै तिजका गीतहरु पनि गुन्जिन थालिसकेका छन् । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।

मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलार्इ राम गोपालीले स्वरमा साथ दिएका छन् । सन्ध्या के।सीद्वारा शब्द सृजना भएको उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ दिल्ली आइपुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमा स्वागत गरे। यो एक अनौठो कूटनीतिक इशारा…

प्रतिकृयाहरू
...