Monday 26th October 2026

कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा, कलाकारहरू पर्सि ४ तारिक कुवेत आउने


कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना तथा टाइटल स्पोन्सर अलमुजैनी एक्सचेन्ज रहेको कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष सुवास श्रेष्ठले मिडियालाइ जानकारी दिएका छन् ।

यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार हरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मालाइ कुवेत ल्याउँदै छ ।

कल्याणकारीको निमन्त्रणामा कुवेत आउन लागेका कलाकारहरू मध्ये शान्ती श्री परियार र आश्मा बिश्वकर्मा बुधबार अक्टोबर ४ का दिन जजिरा एयरको उडानमार्फत बिहान ५ः१० कजे कुवेत विमानस्थलमा अवतरण गर्ने भएका छन् भने कार्य व्यस्तताको कारण उर्गेन दोङ भने ६ तारिक शुक्रबार बिहान मात्रै कुवेत आइपुग्ने भएका छन् ।

नेपालीहरूको महान चाड बडादशैंको पूर्वार्धमा कुवेतमा सम्पन्न हुन लागेको यस सांगीतिक धमाकामा अहिलेकी चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र उत्कृष्ट डान्सर आश्मा बिश्वकर्मा साथै व्यस्त गायक, कम्पोजर उर्गेन दोङका साथमा कुवेतका स्थानीय कलाकारहरूले समेत आ–आफ्नो कला र प्रतिभा देखाउने छन् भने अतिथि कलाकारहरूले कुवेतका नेपालीहरूलाइ कत्तिको सांगीतिक मनोरन्जन प्रदान गर्ने हुन त्यो भने हेर्न नै बाँकी छ ।

समाजले अतिथि कलाकारको स्वागतको लागि कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी सबैलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भइदिनुहुन अनुरोध गरेको छ भने उर्गेन दोङलाइ स्वागत गर्नको लागि शुक्रबार बिहान बजे उपस्थित हुन पनि आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...