Sunday 16th August 2026

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्रीद्वय नेपाल , भट्टराई र पूर्वमुख्यसचिव पोखरेललाई मुद्दा नचलाउनुको कारण माग


सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण सरकारसँग माग गरेको हो ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतले यो रिट निवेदनलाई यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदाको विवादसँग सम्बन्धित निवेदन पनि एकैसाथ राखेर सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

प्रतिकृयाहरू
...