Friday 19th December 2025

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्रीद्वय नेपाल , भट्टराई र पूर्वमुख्यसचिव पोखरेललाई मुद्दा नचलाउनुको कारण माग


सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण सरकारसँग माग गरेको हो ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतले यो रिट निवेदनलाई यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदाको विवादसँग सम्बन्धित निवेदन पनि एकैसाथ राखेर सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...