Sunday 27th July 2025

प्रधानमन्त्रीको चीन भ्रमण : आज चिनियाँ राष्ट्रपति चीनफिङसँग भेट गर्दै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण आजबाट सुरु गर्दै छन् । यसका लागि उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेपछि हिजो (शुक्रबार) जनवादी गणतन्त्र चीन पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।
प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।

भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नेछन् ।
प्रधानमन्त्रीको चीन भ्रमण आजबाट, सीमा नाका खोल्नेदेखि प्रसारण लाइन विस्तारसम्म एजेन्डा
नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनको विश्वास छ ।
छोङछिङको भ्रमण पछि नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको छ ।
कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी चीनबाट प्राप्त सहयोगबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...