Monday 28th July 2025

वेदु न्याैपानेका तीज विशेष जुनेलीहरू


जुनेली
१.
तीजको
गीत
गाउने
रीत
२.
सबैको
साझा
बजाउ
बाजा
३.
भदौरे
झरी
बेसरी
परी
४.
माइत
जाने
दर हो
खाने
५.
बढेछ
खोला
बोकियो
झोला
६.
म माग्छु
बिदा
बाटो छ
सिधा
७.
माइत
जाँदा
दर है
खाँदा
८.
नगर
हेला
परौला
फेला
९.
तीज यो
हाम्रो
गन्तव्य
राम्रो
१०.
तीजको
पर्व
गर्दछौँ
गर्व
११.
नेपाली
चेली
नाच्ने हो
खेली
१२.
माइती
घर
नमान
डर
१३.
रातो छ
सारी
रुपौली
नारी
१४.
काँधमा
हाली
क्याराम्री
साली
१५.
तीजको
बेला
चेलीछन्
भेला
१६.
विकृति
आयो
होटल
धायो
१७.
नारीले
व्हिस्की
लगाए
चुस्की
१८.
मातेको
बेला
परेछन्
फेला
१९.
प्रहरी
जात
पक्रीए
हात
२०.
घमण्ड
तोड
विकृति
छोड
२१.
संस्कार
हाम्रो
पर्व
हो राम्रो
२२.
नारीको
चाड
विकृति
छाड
२३.
गर्नुछ
गर्व
नारीको
पर्व
२४.
जूनछन्
माथि
हिँड्ने हो
साथी
२५.
शिवको
सर्त
बस्ने हो
व्रत।

बेदु न्यौपाने काठमाडौँ,नेपाल


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...