Wednesday 7th October 2026

कपिल किशोर घिमिरेका तीज विशेष जुनेलीहरू


(१)
तीजको
दर
माइती
घर।
(२)
माइती
टाढा
मनमा
बाधा।
(३)
न गाडी
घोडा
न आफ्नो
जोडा।
(४)
स्वामी छन्
पर
एक्लै म
घर।
(५)
न पैसा
टन्न
सक्दिनँ
भन्न।
(६)
स्वामीको
दुक्ख
के खोज्नु
सुक्ख।
(७)
आउँदा
स्वामी
रमाई
हामी।
(८)
मानौँला
तीज
नमानी
झिजो
(९)
ए स्वामी
राजा
आउ न
आज।
(१०)
मनले
भेट्छु
तनले
चुम्छु।
(११)
म तिम्रै
रानी
आँखाकी
नानी।
(१२)
बस्दछु
व्रत
नराखी
सर्त ।
(१३)
मेरा हौ
प्राण
मेरै हो
ज्यान ।
(१४)
तिम्रै छ
ध्यान
तिमीमै
ज्यान।
(१५)
हे प्रिय
पति
म तिम्रो
रति।
कपिल किशोर घिमिरे
दाङ,हाल-कैलाली


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...