पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०५/२०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
डिल्लीराज घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनासीरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
पुराना सामान हराउँदै गए अहिले चर्चा कोलको छ
प्रवासमा हुँदा सम्झना स्वरूप गाउँले चर्चा टोलको छ
साउन गयो भदौ भित्रै उत्पादन हुनुपर्छ पक्कै यहाँ
कौस्तुभ जस्तै ठड्याउने हो पुर्खे पहिलो चर्चा पोलको छ
तोरी र चिउरी पेली घिउ तेल निकाल्ने चर्चा खोलको छ ।
डिल्ली राज घिमिरे
भूमिकास्थान९
अर्घाखाँची
पञ्चाङ्ग २
इतिहास हाम्रो, तोरी पेल्ने कोल कसको
बन्द गराऊ भन्दै फुक्ने त्यो पोल कसको
हाम्रो सम्पत्ति हो जोगाउनु पर्ने हामीले
भत्केको इच्छा माथि बाढीको घोल कसको
चौटा खान खोज्दा डुबाउने झोल कसको ?
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
मेला महोत्सवसँगै काठे रेल हुन्थ्यो
कोल घुमाउने रमाइलो खेल हुन्थ्यो
जमानाले काँचुली फेर्यो छैन अहिले
पुलिस बनियो चोर थुन्ने जेल हुन्थ्यो
पार्टी गर्थ्यौँ खान मिठो त्यही सेल हुन्थ्यो ।
१
मान्छेको भिड पनि ठेलमठेल हुन्थ्यो
कसले हो जित्ने भन्ने हाम्रो खेल हुन्थ्यो
हिजो जस्तो आज छैन भोलि पो के होला
तोरी हुन्थ्यो कोलमा पेलेको तेल हुन्थ्यो
त्यही तेल हाली पकाएको सेल हुन्थ्यो ।
२
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ४
जमानाले कोल्टे फेर्यो कोल कहाँ पाउनु
खुकुरी झन् देखिदैन खोल कहाँ पाउनु
कहाँबाट कहाँ पुग्यो समयको यो चक्र
जाडो लाग्दा गुन्द्रुकको झोल कहाँ पाउनु
सुतेकाको सातो खाने ढोल कहाँ पाउनु ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ५
पुराना सामानको महत्व अहिले बढेको छ
लालटेन, ओखल, कोल मनभित्र गढेको छ
कोलमा पेलिने तोरीको तेलको सम्झना आयो
शुद्ध तोरीतेल नपाई भाउ भने चढेको छ
अहिलेको तेल त गन्हाएको जस्तो डढेको छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ६
कोलबाट विकसित मिल भयो साथी
तोरी चिउरी र पेल्ने तिल भयो साथी
जमानाले कोल्टे फेऱ्यो परिवर्तनले
वर्ग भेद भित्र भित्र खिल भयो साथी
झनै ठूलो पर्खाल र डिल भयो साथी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ७
इतिहासको पानामा सिमित भयो कोल
पुरातन त्यै छानामा सिमित भयो कोल
प्रबिधिको विकाश हुनाले बद्लियो सबै
दन्ते कथाको मानामा सिमित भयो कोल
सङ्ग्रालय र खजानामा सिमीत भयो कोल ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ८
पुर्खाहरुको पालामा चल्ने कोल हरायो
आधुनिक भित्री सामान भद्रगोल हरायो
समय चक्र घुमाउरो हुँदै गयो अचेल हेर्नू
एकअर्काको सघाउने छिमेकि टोल हरायो
खोजेर भेटिदैन्न पिना ढिढोको घोल हरायो ।।
क्षितिज बिरु राना
वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान।
पञ्चाङ्ग ९
हाम्रो इतिहास अहिले पाना भयो
सभ्यता बचाउने कस्ती राना भयो
प्राचीन सभ्यताको धरौटी मासिन्छ
कोलु पनित आकाशको छाना भयो
आजभोली सबैजना नै काना भयो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा हाल बर्दिया ।
पन्चाङ्ग १०
पुरानो संस्कृति हाम्रो परम्परा
प्रकृति नेपालको छ हराभरा
सुन्दरताको वर्णन गरौँ सधैँ
न मासौँ कदापि संस्कृतिका जरा
बनाऔँ सुन्दर हामी बस्ने धरा ।
– देवी पन्थी
पञ्चाङ्ग ११
इतिहास पनि ज्ञानको भण्डार थियो
कोलपनि तेलको हाम्रो संसार थियो
परिमो हुन्थ्यो समाजमै आदान प्रदान्
सबैको सहयोगी त्यो व्यवहार थियो
एक अर्को सँग जोड्ने हथियार थियो ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग १२
बुबा बाजे पालाको कोल कहाँ हरायो
एक आपस मिल्ने टोल कहाँ हरायो
जता हेरे पनि कृतिमा साधन मात्र
सिमानाको सालको पोल कहाँ हरायो
बाँडी खाने सिन्कीको झोल कहाँ हरायो ?
धनमाया चौधरी कैलाली
पन्चाङ्ग १३
नयँ प्रबिधिको बिकासले कोल हरायो
ग्यास हिटरले आज भोलि गोल हरायो
बिनास पनि यसले निम्त्याएको छ धेरै
छिर्की हान्ने हाम्रै बानीहुँदा रोल हरायो
लुकि छिपी बिजुली बाल्दा त पोल हरायो !
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग १४
कति धनि थियो सस्कृति कोल हेर्दा थाहा हुन्छ
गति बिकासको लिएको कोल हेर्दा थाहा हुन्छ
खाँचो अनुसारको प्रबिधि रहेछ नि पहिल्यै
अति सृजनशील पुर्खा कोल हेर्दा थाहा हुन्छ
क्षति व्याख्याको कमजोरी कोल हेर्दा थाहा हुन्छ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १५
नयाँ प्रविधिले परम्परागत कोल हरायो
एक अर्कोमा हुने सामाजिक बोल हरायो
प्रविधिको केही फाईदा धेरै छ बेफाइदा
एकअर्कोमा आदानप्रदान रोल हरायो
पुराना पुरातात्त्विक बस्तुको मोल हरायो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १६
डन्डी बियो कलम मसी लेख्ने खेल्ने कता गए
मानो पाथी तुलो र ढक भर्ने रेल्ने कता गए
बुढा भए हजुर बाबा,नातिकै छ चकचकी,
जाँतो र ढिकी चर्खा धागो पिस्ने जेल्ने कता गए,
ठेला गाडा ओखल कोल ठेल्ने पेल्ने कता गए ?
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
पञ्चाङ्ग १७
हलो जुवा ढिकी जाँतो कोल हरायो
चलन छैन अगेनाको गोल हरायो
रुखा सुखा मसलाको ज्यादा भयो चल्ती
साकाहार कमै हुन्छ झोल हरायो
जन्ती अनि मलामीको टोल हरायो ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
पञ्चाङ्ग १८
आऊ पोषिलो शक्ति दिने सौम्य झोल बनेर
जीवन रक्षार्थ अझ सन्तृप्त घोल बनेर
निर्माणमा वैज्ञानिकता जता पनि देखिन्छ
आफ्नै अस्तित्व बाहिरै देखिने खोल बनेर
आऊ फेरि अन्याय अठ्याउने कोल बनेर ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १९
स्थानीय प्रविधिको कोल हेरेर
कागती अमिलाको झोल हेरेर
समय चक्रसँगै तिमी फेरियौ
सुन्दर जोवनको मोल हेरेर
माया र पिरतीको खोल हेरेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग २०
मिठो हुन्छ है बुझौं भित्रको झोल हो यो
बाहिर देखिएको यी खाली खोल हो यो
हराए हामीबाट सबै पुराना वस्तु
यसैमा पेल्दै निकाली दिने घोल हो यो
परम्परागत तोरी पेल्ने कोल हो यो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.३,काभ्रे
पञ्चाङ्ग २१
हाम्रो आफ्नो मौलिकताले प्रवर्द्धन पाएन हजुर
सप्पै अर्काकै आयो आफ्नो भने केहि आएन हजुर
तीजमा पनि हङकङको सारीले नै धुलो उडायो
हाम्रो छिट्को गुन्यु र चोली त कहिल्यै लाएन हजुर
परिकार पनि अर्काकै आफ्नो त क्यै खाएन हजुर ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग २२
आधुनिकताले परम्परागतमा चलाइने कोल हरायो
स्टोब ,ग्यास र हिटरले आजभोलि त आगोको गोल हरायो
बालापनमा गरे भनेका र भौगेका कुरा ईतिहास बने
समाजमा नयाँ प्रविधिले त एक आपसमा बोल हरायो
पुराना पुरातात्त्विक बस्तुहरुको यहा आज मोल हरायो ।
दुर्गा भट्टराई मोरङ