Monday 29th December 2025

लघुकथा : खल्लो


-नारायण कोइराला
बुढीसँगको अनबनपछि दिदी रिसाएर हिँड्नु भयो । मनमा चसक्क घोँच्यो। न बुढीलाई सम्झाउन सकेँ,न दिदीलाई ।
तीजमा रमाइलो गरौंला भनेको कुरो उल्टो भयो ।
माइत आएकी दिदी घरजानु भएन होला भन्ने लाग्यो ।
भाइलाई फोन गरेँ ।
धन्य भगवान,दिदी भाइकोमा जानुभएछ।भाइसँग बजारमा भेट्ने कुरो भयो । दरखाने सामान किनियो। दिदीलाई रातो साडी किन्दा भाइको अनुहार मधुरो देखियाे ।
काउन्टरमा आएर सबै बिल बुझाएँ। भाइको घर नजिकै डहरमा पुगेर सबै सामान भाइलाई दिएँ।भाइ ढोकामा पुग्दा दिदी बाहिर निस्कनु भयो। दुबैको अनुहारमा खुसीको लहर देखेँ। धनको कमीमा दिदीको तीज खल्लो भएन ।

– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...