Thursday 19th June 2025

चित्रमा पञ्चाङ्ग, भाग – ७८


चित्रमा पञ्चाङ्ग
===========
भाग: ७८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०५/१३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
अच्युत घिमिरे, भुटान
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
सङ्घर्षको परिणाम खोसेर लान थालेपछि
खोइ के गर्नु मेहनत खेर जान थालेपछि
तला तलामा भ्रष्टाचारी छरिदै मुख बाउँदा
रहेको दुई मुठी हाँसो पनि खान थालेपछि
मृत्युको पालो रह्यो उद्योगमा मान थालेपछि ।
अच्युत घिमिरे
भुटान
पञ्चाङ्ग २
पानी मुनि बसेर के गर्नु, जसले पनि खान्छ मलाई
उड्ने हुन् कि या घस्रने जसले भेटे पनि लान्छ मलाई
मौन बस्छौ, आपतमा चिच्याउने क्षेमता छैन के गरुँ
सानो खाऊँ कि ठुलो खाऊँ भन्दै दाँजी दाँजी लान्छ मलाई
अरुले काँचै खाने, मान्छेले तातो तेलमा झान्छ मलाई ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
खोजेको थियो चल्न मियो गनीगनी
अचानक यस्तो के थियो गनीगनी
जिउ पालन त गर्नै पर्ने रहेछ
तर पनि बदला लियो गनीगनी
शत्रुले ठूलो धोका दियो गनीगनी ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
आर्काको आहारा त्यसै बन्नु पर्ने रहेछ
दिनभरिको सिकार गन्नु पर्ने रहेछ
जसले सक्यो उसैले बनेकोछ नियति
बाच्नलाई ओडार नै खन्नु पर्ने रहेछ
कसरी बाँचु भनेर भन्नू पर्ने रहेछ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग ५
जितेर र कहिले हारेर जीवन चलिरहन्छ
माझीको जस्तै गरी तारेर जीवन चलिरहन्छ
हरेक दिन आफै जिन्दगीलाई आफ्नो हातमा पारी
तिमी सोच्छौ जालमा पारेर जीवन चलिरहन्छ
एकले अर्कालाई मारेर जीवन चलिरहन्छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
उसलाई सोध जो दुबैको आहार भयो
असाय मछली भोजनको आधार भयो
आपसमा खिचातानी छ सिकारी बनेर
सदियौँ सिकारको लागि मारामार भयो
समस्या आआफ्नै जिवन उपकार भयो।
सुरेशकुमार पाण्डे
घोराही उटमहानगर पालिका १८ दाङ
पञ्चाङ्ग ७
ठुलोले सानालाई थिचोमिचो गरेका छन्
शिकारी भएरै आफ्नो पेट नि भरेका छन्
भनिन्छ जसको शक्ति उसको भक्ति हुन्छ
अरुको भाग मात्र खोस्न अघि सरेका छन्
सायद सिमा नाघेर स्वार्थमा परेका छन् ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ८
पशु पन्छिमा पनि थिचोमिचो गरेको हेर
सानोले ठूलोको अगाडि मर्नु परेको हेर
जहाँ पनि ठूला ठालुकै छ शासन चलेको
जबरजस्त गरी उसको ज्यान हरेको हेर
अर्काको ज्यान खाई आफ्नो पेट भरेको हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
जित र हार एक पाटो हो
मर्ने र मार्ने एक बाटो हो
जिबनमा सुख दुःख हुन्छ
हार मानी बस्नु त घाटो हो
आखिरमा मिल्ने त माटो हो ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
माछालाई ज्यान बचाउन मुश्किल परेको छ
सर्पले खान्छु भनेर आफ्नो मुखमा भरेको छ
जो आएपनि उसले आहारा बन्नु पर्छ होला
हाँस पनि त्यही माछा खान अगाडि सरेको छ
हाँस र सर्पको विवादले ऊ तल झरेको छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ११
आफू मरेर अरुको भुँडी भर्नु पर्ने रहेछ
ठुलो देखेपछि चाहिँ ठाउँ सर्नु पर्ने रहेछ
जहाँ पनि ठुलोले सानाको थिचोमिचो हेर
या निमुखाले वच्न केही त गर्नु पर्ने रहेछ
आफू निडर भएर नदि तर्नु पर्ने रहेछ ।
दुर्गा भट्टराई
मोरङ
पन्चाङ्ग १२
कहिले जीत कहिले हार हो जिन्दगी
आफन्त र परायाको मार हो जिन्दगी
कहिले तिमी माथि पर्छौ कहिले हामी
उत्रने र गड्नेको जार हो जिन्दगी
डुङ्गा ख्याउनेको पद भार हो जिन्दगी!
कमला देवकोटा ,पाल्पा
पञ्चाङ्ग १३
जनावर एक अर्कोलाई मार्नु दैनिकी
ठूलाले सानालाई पासोमा पार्नु दैनिकी
प्राय ठूलो हुँ भन्नेले सानालाई हेप्छन
एकनास हुदैन, जित्नु र हार्नु दैनिकी
समस्यामा परेकालाई नि तार्नु दैनिकी ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
एउटाको अन्त्य सँगै अर्कोको सृष्टि रहेछ
कस्तो कस्तो खाना हुन्छ योआत्मा दृष्टि रहेछ
निर्भरतामा बाच्ने प्राणी प्रकृतिमा अनौठो
कुनैमा क्रूरता कुनैमा दया दृष्टि रहेछ
जीवन लीला अनावृष्टि अतिवृष्टि रहेछ ।
संगीता खरेल
मातातीर्थ काठमाडौँ
पञ्चाङ्ग १५
महिनत को फलमा आँखा लगाउने हरु हुन्छ्न्न
निर्दय बनेर पलपलमाआँखा लगाउने हरु हुन्छ्न्न
कसलाई के भन्नौ स्वार्थमा डुबेका हुन्छ जो को हि
भोको पेट्को तलतलमा आँखा लगाउने हरु हुन्छ्न्न
सोझा साझालाई दलदलमा आँखा लगाउने हरु हुन्छ्न्न ।
क्षितिज बिरु राना
बनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान
पञ्चाङ्ग १६
साझा हो प्रकृति जो जहाँ पनि जान पाइन्छ
आफ्नो शरिर र विचारहरू लान पाइन्छ
तिमी मेरो र म कसैको हुनसक्छु आहारा
असल कर्मको बाटोमा दिव्य मान पाइन्छ
उस्तै हो पेटको भोक खोसेर खान पाइन्छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पन्चाङ्ग १७
भाग्यले ठगिएको मेरो ज्यान यस्तै छ
यसो गर्छु उसो गर्छु भन्दानी त्यस्तै छ
पेट भर्न गरेकाछन् तँछाडमछाड
लाग्छ मेरो जीवन सबैलाई सस्तै छ
बच्ने ठाउँ रहेन अब छुरा धस्तै छ ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
पञ्चाङ्ग १८
सबैको जीवनमा संघर्ष हुन्छ बाँच्नको लागि
कहिले संघर्षमै हुन्छ जीवन जाँच्नको लागि
मृत्युलाई सहर्ष स्वीकार्दा पनि जीवनले जिते
साँच्चै जीवन त्यस बेला पो हुन्छ नाच्नको लागि
बारुले कम्मर मर्काइ मर्काइ भाच्नको लागि ।
पशपति राई खोटाङ ।
पञ्चाङ्ग १९
पेट पाल्न लौ अनेक गर्नु पर्ने
अरुको आहारा लिन सर्नु पर्ने
उसले खाएको नसकेर हेर्न
मुखैमा गएर पनि चर्नु पर्ने
पाएपछि खाई आधा छर्नु पर्ने ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग २०
प्रत्येक जीवलाई पापी पेट त भर्नुछ
आहारपनि जोखी नापी पेट त भर्नुछ
शक्तिअनुसार को हुन्छ निश्चित जीत
कसले दिन्छ सहजै थापी पेट त भर्नुछ
बलियोले दुर्बललाई चापी पेट त भर्नुछ ।
कार्की डिबी माकुम
सुनवल, नवलपरासी
पञ्चाङ्ग २१
आहाराले आहारा तान्दै छ
कुन मीठो भनेर छान्दै छ
भोलि अर्को शिकारी आएर
गोली त्यतै ताकेर हान्दै छ
अनि बल्ल पछुतो मान्दै छ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग २२
आज होकि भोली होला हुन्न थाहा साथी
भोकै बस्न कसलाई पो हुन्छ चाहा साथी
मृत्यु आएको थाहै हुन्न खानै पर्दो रहेछ
गरुड सर्प भ्यागुता र खान्छ पाहा साथी
बाँचुञ्जेल नखाईकन हुन्न आहा ! साथी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग २३
जिन्दगी कहिले जित कहिले हार हुन्छ
शक्तिशालीबाट नै कम्जोरको मार हुन्छ
पानीमा भए पनी बच्न गाह्रो जिन्दगीमा
अर्काको सिकार हुने जिन्दगी भार हुन्छ ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग २४
एक अर्कामा खोसिदिने चाहारा खै कस्तो
हुन् थालेको हेर यहाँ भाईमारा खै कस्तो
अन्योल भयो जीव परिस्थिति चुनौतीमा
देखाउँदै जाने हामी बीच रारा खै कस्तो
चितवन माडी रुकुमको खारा खै कस्तो ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग २५
छैन कसैको जीवन सुख यहाँ
संघर्ष छ जहाँ पनि दुख यहाँ
बच्न अरुलाई मेटाउनुपर्ने
बाहिरहे छन् सबैले मुख यहाँ
को शिकारी बनि मेट्छ भुख यहाँ ।
सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

इरानको आणविक, सैन्य र अन्य साइटहरूमा इजरायली आक्रमणको प्रतिक्रियामा शुक्रबारदेखि लगातार छैटौं दिन इरानी क्षेप्यास्त्र प्रहार हुँदा इजरायलभरका शहरहरूमा साइरन…

प्रतिकृयाहरू
...