“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०५/०११
………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : गरी, घरिघरि, चरी, छरी, जरी, झरी, तरी, थरी, परी, मरी, सरी, हरी आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
छिमेकीले त इतिहासमा आफ्नो नाम दरि सक्यो
उसको काम देखेर सारा विश्व छक्क परि सक्यो
तिमी भने रोटीबेटीको सम्बन्ध भन्दै बसी राख
ऊ भने चन्द्रलोक पुगेर नि पृथ्वीमा झरी सक्यो
तिमीलाई चन्द्रलोक बाटै कुरिकुरि गरी सक्यो ।
१
सम्झिएर अतितलाई आँखामा आशु भरि गयो
आँखामै थाम्छु भन्दा भन्दै परेली बाट झरि गयो
दुवै नयनको उस्तै पिडा आँशुहरु मिल्न खोज्थे
तर बीचैमा ठडिएको नाकले गर्नु गरि गयो
बग्दै बग्दै नाकको छेवै छेउ मुखैमा परि गयो ।
-पशपति राई खोटाङ ।
२
पञ्चाङ्ग २
कोल्टे फेर्छ कि भनी कोट्याएँ जिन्दगीलाई घरिघरि आफैँ
पञ्च पाइला गन्दै घिच्याएँ जिन्दगीलाई मरिमरि आफैँ
नहुने बेला नहुँदो रहेछ, रहरको सीमा नाघ्छ अब
फूल बुट्टा सप्तरङ्गी रङ्गहरू भरेको थरीथरी आफैँ
बिरालोले सात घर सारे जस्तै गरेर सरीसरी आफैँ ।
सविता के.सी.
पञ्चाङ्ग ३
गरिबलाई अन्याय अत्याचार सधैभरी भयो
सरकारमा जो/जो गयो उसैको मनपरी भयो
श्रमजिविहरूले दिन रात पसिना बगाउँछन्
उनैको आँखाबाट सधैभरी बर्षाको झरी भयो
सबैलाई थाहाछ यो परमपरा कसरी भयो ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ४
पीडा छन् नि मनभरिका थरीथरी यहाँ
चस्किरहन्छ मेरो छाती घरीघरी यहाँ
तिमी यही ओठको मुस्कान मात्रै देख्छौ
बल्कन्छ यो मुटु किन सरीसरी यहाँ
नसकिँदो रैछ आँसु झरीझरी यहाँ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ५
छिमेकीले झारिसक्यो आकाशका ती तारा हेर
हाम्रो भने सधैँ उस्तै बिलौनाको छ पारा हेर
चन्द्रमा गएछन् खोजी गरे राख्न देशको नाम
विकासको फड्को मारेर कहाँ पुगे सारा हेर
हाम्राहरु देख्दा लाग्छ यी सबै झारौँ दारा हेर ।
प्रदीप के रिमाल
इटहरी, सुनसरी ।
पञ्चाङ्ग ६
१.
अचेल बाडुली घरीघरी आउँछ
कसले सम्झियो भन्ने झरी आउँछ
म एकपटक फर्किएकी पछाडि
कोही सपनामा मनपरी आउँछ
निद्रा भाग्छ तन्द्रा सधैँभरी आउँछ ।
२.
समुन्द्र पारी पुग्या मान्छे कसरी आउला
खबर सुनी बस्छ करार पूरा गरी आउला
समय र परिबन्धको बन्धनले बाधेको छ
यसर्थ एकदम दु:खको बर्षा झरी आउला
यातना मानसपटलमा घरीघरी आउला ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ७
भाद्रमा उर्लिएको सागर तरी आइछौ
आफ्नै दाजु सम्झँदै ममता छरी आइछौ
आउने जाने गरे माया ममता बढ्नेछ
अटल भई अगाध स्नेह भरी आइछौ
दाजुको अस्तित्व राख्न स्मृति धरी आइछौ ।
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग ८
नदेखिने छातिको घाउ दुख्छ घरिघरि यता
गयौ धोकेबाज आलो घाउमा नुन छरी यता
खाल्टो जस्तो सम्बन्ध जति खन्यो उति ठुलो हुने
संघर्षको मझधारमा गयौ खोला तरी यता
प्रश्न सधैँ महिलामाथी उठ्छ नानाथरी यता ।
संगीता खरेल
मातातीर्थ काठमाडौँ
पञ्चाङ्ग ९
श्रावण भाद्रको झरी सम्झेर
आँसु झारिरहेँ परी सम्झेर
समय सागर बुझ्नै कठिन
मन बुझाउनु चरी सम्झेर
सत्य आज राम हरि सम्झेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १०
मलाई भेट्न निडर भइ सागर तरी आइछौ
चिनो साथमा ल्याइ सुन्दर ममता छरी आइछौ
म पनि तिम्रै उपलब्धीका लागि प्रतिक्षामा थिएँ
उकाली चढ्दै चढ्दै पसिना आउने गरी आइछौ
मनको मीठो चाहले दिलमा स्नेह भरी आइछौ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ११
देशमा काम नपाएर विदेश तिर उड्ने चरि हामी
मुटुको भक्कानोलाई चिपिक्क बाँधी समुन्द्र तरि हामी
भ्रष्टाचारी र विदेशी दलालीले चलाएको देश हाम्रो
देशको स्थिति सम्झेर सधैभरि रून्छौं मरिमरि हामी
सारा अनुहार चुर्लम्म भई घुम्दछौ घरिघरि हामी ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १२
बिगार्यौ यो फूलबारी झुसिलकिराले सरी किन
रुवायौ मालीहरु बगैँचामा विष त्यो छरी किन
आफ्नै दाजुभाइलाई पनि जाति दुस्मन बनायौ
हुर्कायौ जातिय अतिवाद गरी मनपरी किन
भत्कायौ राष्ट्रिय अखण्डता छियाछिया गरी किन ?
टीकाराम जोशी, इमाडोल।
पञ्चाङ्ग १३
यस्तो झरी बादलमा खोलो तरी आयौ
माया ममता स्नेह मनमा छरी आयौ
माया भन्ने कुरो पनि अचम्मै रहेछ
झर्को नमानी यहाँ ओह्रालो झरी आयौ
बा आमाको आँखा छली कसो गरी आयौ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १४
भेट्नु छ भने ओराली झरि आउनु।
झर्को मान्ने छैन घरिघरि आउनु
ए माया कुरा बुझ है अब तिमीले
अनेकौं जँघारहरु तरि आउनु
माया गर्दै अब वरिपरि आउनु ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग १५
दिनभरि लागेको छ झरी बिचरी
गुॅड कुरी बसेकी छे चरी बिचरी
यो मौसम कटाइयो भन्नु क्यै छैन
अर्को साल रुझ्छे यसै गरी बिचरी
भाग्य पुकारिछे कठैबरी बिचरी ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १६
चारैतिर फैलियो फोहोरै फोहोरको छ डङ्गुर हेर
त्यहीँ माथि फलेछ ठुलाठुला आँखैलाग्ने अङ्गुर हेर
देश बिग्रेको त्यसै हैन रहेछ लौन हेर महासय
राष्ट्रले नै ख्वाएर पालेको छ सधैं भ्रष्ट बङ्गुर हेर
कामै नलाग्नेको हातमा सुम्पेर बनाए लङ्गुर हेर ।
अम्विका अधिकारी
झापा बिर्तामोड
पञ्चाङ्ग १७
याे सालको नि झरी जान लाग्यो,
गुँड सारेर चरी जान लाग्यो ,
घाम र पानीमा अल्झेको ऋतु
डुबान बस्ती, सरी जान लाग्यो,
युवा समुन्द्र तरी जान लाग्यो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १८
भदौरे झरी परेको छ यहाँ
बिचरी चरी झरेको छ यहाँ
पानीले चारो खान नपाए छि,
अनेत्रै ठाउँ सरेको छ यहाँ
त्यही चारोमा चरेको छ यहाँ
१
झरी परेको छ अचेल
चरी सरेको छ अचेल
पानीले गुंड भत्काउदा ,
तल झरेको छ अचेल
कर्म हरेको छ अचेल ।
२
चस्स यो मुटु दुख्छ घरिघरि अचेल
गाउँमा कुरा सूनिन्छ नानाथरी अचेल
दलालीहरुले नै चलाएको यो देशमा ,
यहा भ्रष्टाचारीले गर्छन् मनपरि अचेल
जनतालाई नै चिन्ता सधैंभरि अचेल ।
३
दुर्गा भट्टराई
पञ्चाङ्ग १९
सम्बाद उसले गरी आएको
खरानी बाटोमा छरी आएको
बर्षात उस्तै लागेर होलाकी
भदौ महिनामा झरी आएको
जोड्दै हातहरू हरी आएको ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग २०
समयको विशाल शक्ति टरि सक्यो
जीवन अड्कले रेटेर मरि सक्यो
पशु ढाल्ने काण्डले देशलाई भाँडे
त्यो मणिपुरको समस्या सरि सक्यो
मनमा विद्रोह अशान्ति परि सक्यो ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग २१
बाबाको परी हुँ म
मायाको चरी हुँ म
समय अनुकुल
बच्चाको जरी हुँ म
भदौरे झरी हुँ म ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग २२
माया लिएर समुन्द्र तरी आउनु
भञ्ज्याङ्ग बाट ओरालि झरी आउनु
यो माया भन्ने चिजनै छ अचम्मको
दील भित्रको उज्यालो छरी आउनु
फेरि नछाड्ने वाचा नै गरी आउनु ।
चेतना पोखरेल
मोरङ