Thursday 18th December 2025

अमेरिकी राष्ट्रपति भोली भारत आउँदै


अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन ।

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिए पछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बिडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...