Thursday 6th November 2025

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर


काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलको कार्यालयले संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।
यो मुद्धामा सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।
उनीहरुमाथि किर्तेको अभियोग छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...