Sunday 18th October 2026

विदेशबाट फर्कने श्रमिकले ल्याउन पाउने सुन र टिभी सम्बन्धी नयाँ व्यवस्था


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनको साइजबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनबारे प्रष्ट्याएको हो ।

सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै, पुरुषको हकमा भने २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ ।

यसबाहेक, एकजना यात्रु (महिला/पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था छ तर काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता दिइने छैन ।

त्यसै गरि श्रम स्वीकृति लिइ लगातार १ वर्षभन्दा बढि समय बसेको नेपाली श्रमिक जसले सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गरेको छ उनीहरूले मात्रै जति ठुलो साइजको टिभी पनि विना भन्सार लैजान पाउँछन् । श्रम गरेर लगातार १ वर्षभन्दा बढि काम गरेर स्वदेश फर्केपनि सामाजिक सुरक्षा कोषमा सहभागी नभएको श्रमिकलाइ भने यो सुविधा प्राप्त हुने छैन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...