Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : उनान्नब्बेयौँ भाग (८९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०४/०८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- सत्र (१७)
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १

भिक्षुकहरू महङ्गा कार चलाउँछन् अचेल
लुगाकै भरमा सबैलाई छलाउँछन् अचेल
व्यवहार तौलिन्छन् देखेका सुनेकाहरू छन् नि
बोल्दै नबोली कुनै शब्द तहलाउँछन् अचेल
ऐँजेरु जसरी झँगिएर पलाउँछन् अचेल ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ .

पञ्चाङ्ग २

जाडो हुँदा ऊन खोज्न जाने मान्छे मै हुँ
मकै भित्र घुन खोज्न जाने मान्छे मै हुँ
धेरै कुरा गर्यो भने मन पर्दैन् होला
तारा देख्दा जून खोज्न जाने मान्छे मै हुँ
गोबरमा सून खोज्न जाने मान्छे मै हुँ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

अहिले श्रावण मैना मलमास चलिरहेछ
धर्म गर्न विशेष नै विष्णु आस चलिरहेछ
बिष्णु नै कृष्ण पुरुषोत्तम नारायण मानेको
धर्म नगर्ने हरुलाइ त्रास नै चलिरहेछ
अहिले पुरुषोत्तम नाम खास चलिरहेछ ।

मत्स्यनारायण मेला भरे पुण्य कमाउने हो
श्रद्धापुर्वक नै धर्म गरे पुण्य कमाउने हो
बर्ष बिराएर आउने यो अधिक मास देव
राम्रा कार्यले नै धेरै तरे पुण्य कमाउने हो
देव श्रावणमा रासि सरे पुण्य कमाउने हो

म प्र धि

पञ्चाङ्ग ४

रिमझिम वर्षात हरियाली बनभरी हुन्छ
कहिले घाम र कहिले पानी मनपरी हुन्छ
हुर्किए रूख बिरूवा चहलपहल छ पंक्षि
भर्षातको मौसमनै हो दिनरात झरी हुन्छ
मनभित्र जोस उमङ्ग पनि थरिथिरी हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ५

सुन्दर बाग हेरेर
डराएँ नाग हेरेर
यो मन बुझाएको छु
जूनको दाग हेरेर
दैवको भाग हेरेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

श्रावण मासमा मन्दिरमा भजन गायो हेर
रुख बिरुवाहरू भरपूर पानी पायो हेर
चारैतिर हरियाली छाएको छ यो महिनामा
अनगिन्ती चराचुरुङ्गीहरू बन छायो हेर
धान रोपाइँमा किसानहरू खेत धायो हेर ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ७
१.
संघर्ष गर्नाले गन्तव्यमा पुग्न आस हुन्छ
आस्था अनि आशिर्वाद पलपल खास हुन्छ
त्यसैले होला भएको अहिलेसम्म प्रफुल्ल
गरिएको कर्ममा एकदम विश्वास हुन्छ
निरन्तरता साधना औंसीमा प्रकाश हुन्छ ।
२.
मानेका छौ धार्मिक परम्परा अहिलेसम्म
गरिएको कामना हराभरा अहिलेसम्म
हाम्रो श्रद्धाभाव हलचल भएन त्यसैले
कायम छ आस्थाका धरहरा अहिलेसम्म
राम्रोसँग रह्यो संस्कृती धरा अहिलेसम्म ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ८

तिमीलाई हेर्दा तिमीसँग जुरम जस्तो लाग्छ
जति समय कुर्नु परे नि कुरम जस्तो लाग्छ
तर के गर्नु भाग्यमा भए पो पाइन्छ होला नि
आनिबानी बुझेर ल्याए त थुरम जस्तो लाग्छ
टुक्रा टुक्रा पारी माटो मुनि पुरम जस्तो
लाग्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

ढुङ्गालाई पुज्न फुलको पो हत्या गरिन्छ हेर
जतासुकै फुल लासमा नि फुलै छरिन्छ हेर
फुल जस्तो कोमल बन्नु पनि व्यर्थै रहेछ नि
जब बैँस ढकमक्क फुल्छ तब झरिन्छ हेर
जवानीको रस चाख्न नपाउँदै मरिन्छ हेर ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

पानी जस्तै नै दर्किएर गयौ मलाई के चासो
सिसा जसरी चर्किएर गयौ मलाई के चासो
तिमी नौटङ्की हौ भन्ने दुनियाँलाई थाहा नै छ
आफ्नै दम्भले झर्किएर गयौ मलाई के चासो
घरकै बाटो तर्किएर गयौ मलाई के चासो ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११

तिम्रै नाम लिएर सोमबारे बर्त बसे हिजो
भोक नलागोस् भनेर कम्मर नि कसे हिजो
जोगीको नाममा हेर धेरै ढोगी पनि छन् यहाँ
काम गर्न अल्छी जोगी बनि खरानी धसे हिजो
लहै लहैमा लागेर नै धेरै जना फसे हिजो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

भोकको बेला पेट भरिदिने दाता भए पुग्छ
मीठो प्यारो दुई चार शब्द नै बात भए पुग्छ
दुई दिन बाँच्ने जिन्दगी छैन कुनै चाह अरु
घाम र पानी बाट जोगाउने छाता भए पुग्छ
सातै जनम सँग सँगै काट्ने नाता भए पुग्छ ।

चेतना पोखरेल
मोरङ

पञ्चाङ्ग १३

विदेश जाने युवाको लहर चलेको छ यहाँ
महङीले घरघरमा आगो बलेको छ यहाँ
स्वदेशमा बसेर घर चलाउन गाह्रो हुँदा
विदेशीन युवालाई गाह्रो परेको छ यहाँ
यही अवस्था हेर्दा बा आमा ढलेको छ यहाँ ।

परिवर्तनको लहर चलेको छ यहाँ
आपसी दोन्द्दले त मन जलेको छ यहाँ
असल व्यक्ति पाउनै पो गाह्रो यो देशमा
आस्था अनि विश्वास सबै ढलेको छ यहाँ
यो अवस्था देखेर तन गलेको छ यहाँ ।
२.
दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १४

कुहिरोले घाम छेक्यो
बेठिकले डाम छेक्यो
छलछाममा जिन्दगी
आलस्यले काम छेक्यो
जुँघा, रौँले माम छेक्यो ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १५

व्रत बसि तिम्रै नामको माला जप्नु भन्छौ
भोकभोकै स्वास्थ्यको आगोसरि तप्नु भन्छौ
जीवन गोरेटो एक्लै हिड्न नसके पनि
दुःख दर्द जति नै भगवान थप्नु भन्छौ
सारा दोस लगाइ आफू कहाँ दप्नु भन्छौ ।

अम्विका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...