Sunday 27th July 2025

पाल्पामा धार्मिक स्थल व्यवस्थापनमा साहित्यिक समाजको सकृयता


नारायण कोइराला – पाल्पामा धार्मिक स्थल व्यवस्थापनमा पाल्पाली साहित्यिक समाजले सकृयता देखाएको छ । यसै सिलसिलामा पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाद्वारा ” महिषासुर मर्दिनी भगवतीको रथयात्रा : ऐतिहासिक महत्त्व र व्यवस्थापन ” शीर्षकमा अवधारणा पत्र प्रस्तुत कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका मूल पाहुना प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख संतोषलाल श्रेष्ठले ” पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाले भगवती मन्दिरको व्यवस्थापनका समस्या र समाधानका उपाय सहित देखाएर अवधारणा पत्र प्रस्तुत गरेकोमा साँच्चिकै मन्दिरको बारेमा सोच्नु पर्ने भएको छ । नगर पालिकाले गर्ने सहयोग सदैव गरीरहनेछ” भनी सम्बोधन गर्नुभयो ।

कार्यक्रमको प्रारम्भमा भगवती मन्दिरका मूल पुरोहित हिक्मत बहादुर बज्राचार्य, तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य र भजन खलका अध्यक्ष ज्ञानुकुमार बज्राचार्यलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियोे । यसैगरी भजन गायन र वाधवादनमा योगदान पुर्‍याउनु हुने स्वर्गीय व्यक्तित्वहरू चन्द्रशेखर बज्राचार्य, सन्तप्रसाद बज्राचार्य, मंगल नारायण मानन्धर , तिलकमान बज्राचार्य र ब्रम्हशेखर बज्राचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियोे ।

अवधारणा पत्र पाल्पा साहित्य समाजका अध्यक्ष एवं सम्पदा प्रतिष्ठान पाल्पाका सचिव पुष्कर अथक रेग्मीलेद्वारा प्रस्तुत गरिएको थियो । अवधारणा पत्रमा महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको मन्दिर स्थापना , रथयात्रा , उजिरसिं थापा , नेपाल अग्रेज युद्धमा नेपालीको विजय , मन्दिर र रथयात्रा व्यवस्थापनमा छापिएका विभिन्न व्यक्तित्वहरूको लेखका अंश, जनगुनासाहरू तथा प्रभावकारी व्यवस्थापनका उपायहरू
प्रस्तुत गरिएको थियोे ।

अवधारणा पत्रमाथि बुद्धिजीवी एवं इतिहासविद निर्मल श्रेष्ठले संक्षेपमा बिश्लेषणात्मक अभिव्यक्ति दिनुका साथै केही बिषयबस्तुमाथि टिप्पणी उठाउनु भयो । अवधारणा पत्र प्रस्तुतिपछि गरिएको खुला छलफलमा पत्रकारद्वय मुक्ति न्यौपाने , कृष्ण पोखरेल , प प न मा बि का प्रधानाध्यापक सन्तवीर बरालद्वारा सुझाव प्रस्तुत गरिएको थियोे । कार्यपत्र समसामयिक छ, भगवती मन्दिरको व्यवस्थापन पक्ष राम्रो होस्, मन्दिरको प्रचारप्रसार अझ प्रभावकारी बनोस भनी शुभकामना मन्तव्य व्यक्त गरियो । सम्मानित व्यक्तितब मंगल प्रसाद बज्राचार्य र मूल पुरोहित हिक्मत बहादुर बज्राचार्यद्वारा अनुभवहरू सहितको शुभकामना र आशीर्वचन प्राप्त भयो ।
कार्यक्रममा तानसेन बसपार्क निवासी रामबहादुर गन्धर्व र साथीद्वारा भगवतीको महिमा र नेपालीको वीरताको वर्णन कर्खाद्वारा प्रस्तुत गरियो ।

कार्यक्रममा भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनद्वारा शुभकामना व्यक्त गर्दै पृथक अवधारणा पत्र रहेको र आयोजकले महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा सराहना व्यक्त गर्नुभयो । यसका साथै उहाले आफ्नो कार्यकालमा अक्षयकोष स्थापना गरी व्याजबाट पुजा तथा खटयात्रा संचनलन गर्ने बताउनु भयो । सभाध्यक्ष पाल्पा साहित्य समाजका संरक्षक एवं सम्पदा प्रतिष्ठान पाल्पाका संस्थापक राजेन्द्र गोपाल सिंहद्वारा ” समाज र प्रतिष्ठानले पाल्पालाई राष्ट्रिय रूपमा चिनाउनुका साथै भगवती मन्दिरको व्यवस्थापनमा व्यापक सुधार होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको जानकारी गराउदै तानसेन नगरपालिकाले पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान जस्ता संस्थाहरूलाई अभिप्रेरणा सहित सहयोग गर्नुपर्दछ” भनी सबैलाई धन्यवाद दिई सभा बिसर्जन गरियो । तानसेन भगवती मन्दिर भजन गृहमा चलेको कार्यक्रममा करिव १०५ जनाको उपस्थिति रहेको, स्वागत सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजी शर्मा, सम्मानित व्यक्तित्वहरूको नमावली प्रस्तुति पासासकी सदस्य इन्दिरा ज्ञवाली र कार्यक्रमको संचालन पाल्पा साहित्य समाजकी सचिव सविता भट्टराईद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...