पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०४/०२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
डिल्ली राज घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हाम्रो घरको अँध्यारो चिर्छ यो
बिजुलीको अघि कति गिर्छ यो
इतिहास हो जोगाउनु पर्छ
तेल र सुत्लोविना त पिर्छ यो
वास्तविकता बोकी छिर्छ यो ।
सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
धेरै समय बाल्दा सिसा कालो हुन्छ
सफा सुग्घर गर्ने सेतो टालो हुन्छ
गाउँ घरमा लाल्टिन भन्दछन्
शुभ कार्यहरुमा पालैपालो हुन्छ
नाच गान गर्नलाई उज्यालो हुन्छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ३
हाम्रो इतिहास बोकेको छ लालटिनले
अध्यारोलाई नै रोकेको छ लालटिनेले
पुर्खाले पनि दियालो सल्लाको बालेकै हो
सम्मान नै साच्चै तोकेको छ लालटिनले
अन्धकार चिर्दै ठोकेको छ लालटिनले ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ४
हेरौँ न नियाली सबै केही नास हुनेछन्
विगतका दिनहरू आस पास हुनेछन्
अञ्जुली थाप्यौ पहिले पहिले हामी यहाँ
चल्ने शिलशिलाहरू केही दास हुनेछन्
कौस्तुभ आउँदा मणि जब खास हुनेछन् ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग ५
आज काग कराएको छ
र त मन डराएको छ
मलाई बाटो देखाउने
लालटिन हराएको छ
अन्तै मन पराएको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
टुकी भन्दा त लाल्टिन,राम्रो थियो
एउटा जमानामा, जो हाम्रो थियो
पढ्ने बेला त्यो नै,लाख थियो कति,
त्यसमा राख्ने सलेदो, दाम्रो थियो
लामो समय टिकाउ,चाम्रो थियो ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ७
रुखमा कालो कौंवा कराएको छ आज
किन हो कुन्नि यो मन् डराएको छ आज
अँध्यारो लाई चिर्दै उज्यालो छर्ने हाम्रो
लालटिन खै कता हराएको छ आज
उसले अन्तै बस्ती सराएको छ आज ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ८
१.
लालटिन अहिलेका पीडिका लागि कहानी जस्तो
यथार्थमा एकदम अस्तित्वहिन खरानी जस्तो
लोपोन्मुख बत्ति थाहा पनि कसरी होला महिमा
त्यसैले होला इतिहासमा एउटा निशानी जस्तो
थिएछ भन्ने कुरा तर नफर्किने जवानी जस्तो ।
२.
अतितको पानामा सिमित भएको छ
प्रायः दन्ते कथामा जिवित भएको छ
कुनै बेला कति प्रचलित थियो थियो
हिजोआज बिजुलीको जित भएको छ
परिवर्तन पनि बिनित भएको छ ।
पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ९
दरबारझैँ बलियो टुकीको घर हेर
हावाले दार ननिभ्ने परिन्थ्यो भर हेर
अँध्यारोमा हिँड्दा सधैँ काम लाग्ने बढी त्यो
खाली टङ्की हुँन नदिन लाग्थ्यो कर हेर
मट्टीतेल भर्दा हुन्नथ्यो कुनै डर हेर ।
टीकाराम जोशी
पञ्चाङ्ग १०
मट्टीतेल हाली बाल्ने साँझ परेपछि।
यसैमुनि पढ्न थाल्ने साँझ परेपछि।
ज्युॅदो इतिहास भयो आफैलाई आज,
कालो परे झिकी फाल्ने साँझ परेपछि।
सफा गरी फेरि हाल्ने साँझ परेपछि ।।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ११
आज फेरि सम्झना आयो लालटेन बाल्ने बेलाको
फेरि पनि उही याद आयो दियालो फाल्ने बेलाको
समयको गतिसँगै सबै नै बदलिने रहेछ
याद छ सबै लालटेनमा बिस्कुन चाल्ने बेलाको
थाह नै छ लालटेनमा मट्टीतेल हाल्ने बेलाको
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १२
मट्टीतेल हाले बल्थेँ
झललल बाले बल्थेँ
इतिहास साक्षी राख
बतासमा फाले बल्थेँ
चुहिएमा टाले बल्थेँ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
उहिले अँध्यारो चिर्ने लालटिन खास थियो
लालटिन सबैलाई उज्यालोको आस थियो
अहिले इतिहास बनेर सम्झना आउँछ
माटो लिपपोत गरेका घरका बास थियो
राम्रो संस्कृति बोकेका रमाइला मास थियो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
पढिन्थ्यो ती टुकीबत्ती बालेर पहिला
लौ हिँडिन्थ्यो लालटिन टालेर पहिला
विगतलाई आधुनिकतिर ताँनिदै
आयो हाल आविष्कार ढालेर पहिला
स्टोभमै खाइयो क्वाटी गालेर पहिला ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १५
हिजै जस्तो लाग्छ गोठमा लालटिन बालेर पढेको
दियालो चिर्नलाई सुकेको सल्ला नि ढालेर पढेको
मान्छे न हो बिर्सदै बिर्सदै गयो है हिजोका कुरा त
स्कुलको शुल्क तिर्नलाई नि बालुवा चालेर पढेको
दौरा फाटेको आमाले बाहुला काटी टालेर पढेको ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १६
लालटिन बाली पढेको दिन याद छ
नाकभित्र कालो गढेको दिन याद छ
आजभोलि संग्राहलयमा मात्र छ कि
तेल सकिएर लढेको दिन याद छ
लिएर उकालो चढेको दिन याद छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १७
अतितको याद आयो लाल्टिन बालेर पढेको
खोला बगरमा बालुवा गिट्टी चालेर पढेको
मिहिनेती परिश्रमी बन्न सिकायो अभावले
दैनिक पसिना आफ्नै माटोमा गालेर पढेको
परम्परा जोगाएर बिकृति फालेर पढेको ।
तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग १८
समयले बनायो वृद्ध आज
लोक बनेको छ समृद्ध आज
मान्छेसँगको इतिहास हेर
भुलेको मान्छे बन्यो क्रुद्ध आज
थोरै शान्ति धेरै छ युद्ध आज ॥
१
पेटमा ज्वाला छँदा म भाँडो भएँ
तिम्रा ज्वाला निभाउन चाँडो भएँ
पिँधमा अन्न टुप्पीमा कालो बोक्दा
काम बिनाको ओगट्ने घाँडो भएँ
मात्रै इतिहास रच्ने ठाँडो भएँ ।
२
तिलकप्रसाद लुइटेल
पन्चाङ्ग १९
रातलाई चिर्न उज्यालो चाहिन्थ्यो गाउँमा
ठुलाबडाकोमा मात्र यो पाइन्थ्यो गाउँमा
चित्र देख्दा याद आयो फेरि उहीँ पुरानो
लालटिन बालेर गित गाइन्थ्यो गाउँमा
उज्यालोमा खुशी भएर नाचिन्थ्यो गाउँमा ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
पञ्चाङ्ग २०
छोरालाई देखेको नचिने झैँ भयो किन
के हो यस्तो भन्दै अचम्ममा गयो किन
विकासले इतिहास पल्टाएकै छ यहाँ
प्रविधिले पुर्खाको पहिचान लयो किन
मानव नै जन्तु भन्दै हाँसेर गयो किन ?
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
पञ्चाङ्ग २१
अन्धकार छिचोल्ने ज्योति बनेर आऊ
अत्याचार अँच्याट्ने मोती भनेर आऊ
आफ्नो काम अनि कर्तव्यबोध गरेर
भ्रष्टचारीहरूको जरो खनेर आऊ
अटुट समृद्धिको दिन गनेर आऊ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग २२
उतिबेला लालटिनले टिकेको प्रमाण हो
यस बखत प्रविधिले जितेको प्रमाण हो
मानिसको जीवनमा सुधार पुर्याएकै छ
पहिलेको चलनलाई थिचेको प्रमाण हो
लालटिनलाई माटोमै लिपेको प्रमाण हो ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग २३
ताजै छ सम्झना बाल्यकालको बति बालेर पढेको
मट्टीतेल सकिँदा दियोमा बर्तन हालेर पढेको
यसैमा गर्व छ मिहिनेतेनै सफलता प्राप्त हुँदा
फिस तिर्न पैसा नै नहुँदा बालुवा चालेर पढेको
लुगाको अभावमा त फाटेको लुगा टालेर पढेको ।
उर्मिला के.सी.
धनकुटा
पञ्चाङ्ग २४
विद्युत थिएन टुकी बलेको कसरी बिर्सनु
बल्दाबल्दै भित्री फिता जलेको कसरी बिर्सनु
सदरमुकाम झर्नुपर्ने मट्टीतेल किन्न लौ
हिड्ने उकालिमा खुट्टा गलेको कसरी बिर्सनु
विगतका ति अँध्यारो छलेको कसरी बिर्सनु ।
रेनुका मरासिनी
अर्घाखाँची
पञ्चाङ्ग २५
आफू जलेर दिने उज्यालो हामीहरूलाई खास थियो
एक जुट गराउँदै सॉझपख सधै हाम्रो बास थियो
हुरी बतास चले पनि दिब्य प्रकाश ज्योति तिम्रो घेरै
आधुनिक युगमा संगै तिम्रो अस्तित्व हाम्रो पास थियो
जान त गयौ ए लालटिन फर्किन्छौ कि भन्ने आस थियो ।
इन्दिरा देवकोटा
कपिलवस्तु
पञ्चाङ्ग २६
याद आयो पैले लाल्टिन बालेर पढेको
फेरि आजभोलि यि सबै फालेर पढेको
यो संसार समयसंगै बद्लिदो रहेछ
पहिलेको समान सबै गालेर पढेको
जति थे पुराना बत्ती ति टालेर पढेको ।
दुर्गा भट्टराई मोरङ