षड्ऋतुहरु
१/
षड्ऋतुकाे आज
शुभकामना छ,
तेस्रो याे वर्षको ,
लेखिरहँ सधैँ,
याे षणऋतुमा
कपिका पन्नामा ।
२/
साउनकाे मास,
हरियाली हेर्दै ,
अक्षरले भर्दै,
कहिले ओराली,
कहिले उकाली,
शब्दहरू सँगै ।
३/
चराको चिर चिर,
आवाज वनमा,
हराईरहेछ,
सुनेर आनन्द,
शान्ति याे मनमा
छाईरहेकाेछ।
४/
रुखविरुवाले,
भरपूर पाए,
साउने झरीकाे
उल्लास साथमा,
चारैतिर हेर,
हरियाली छाए।
५/
किसानकाे खुसी,
हरिया खेतमा,
भरिएका गरा,
धानका फाँटमा,
दुख छ साथमा,
फल्ने त्याे आशमा।
६/
कतै भेल आयाे,
डुबायाे लौ बस्ती,
खुसी नि हरायो,
अन्याेलतामा ल,
निराश गरायो,
दुःख ओ हाे छायाे।
७/
यस्तै छ जीवन,
कहिले दुःख छ,
अनि सुख नि छ,
निराशा हराई,
खुसीअनि आशा,
बाँच्दछु जगाइ।
▪️शोभा आचार्य गौतम
काठमाडौँ