Thursday 8th October 2026

उर्मिला पन्त पाण्डेयका केही षड्ऋतुहरू


केही षडऋतुहरु

सर्ब जन प्राणी
बोलौँ मिठो वाणी
दुई दिने चोला
कसो गर्ने होला
नाचेर रमाऔँ
हाँसेर विताऔँ

विहानको सित
पातमा तप्केको
सूर्यको किरण
फूलमा टल्केको
मग मगाउँदो
वासना गम्केको

जाडोको समय
चिसोको मौसम
कसरी जोगिने
दु:खि गरिवले
छैन गाँस बास
कस्को गर्नु आश

हेमन्तको चिसो
मधुरो छ घाम
सबै मिलीजुली
खाऔँ तातो माम
माम खाए पछि
गरौँ आफ्नो काम

छोटोछ जिन्दगी
फाल्नुछ गन्दगी
समाजमा हाम्रो
सुधार गर्नुछ
संझाई बुझाई
सबजनलाई

ताना तानी हैन
मन मानी हैन
सबको भावना
राख्दै सद्भावना
बढौँ मिलीजुली
लागौँ विकाशमा

थोपा थोपा पानी
जम्मा भए नानी
भरिन्छ गागर
बन्दछ सागर
एक जुट मिली
पारौँ झिलीमिली

देशकै माटोमा
बहाऔँ पसिना
पसिना रोपेमा
सून फल्छ यहाँ
नजाऔँ विदेश
बनाऔँ स्वदेश

सितको लहर
जाडोको कहर
कसरी बाँच्नु लौ
वतास सरर
तातो ठाउँ बस्ने
लाग्यो नि रहर

मंसिर पुषको
जाडोको दिनमा
घाम छेकीदिनिछ
कालो बादलले
थरथरी काम्छ
मुट नै चिसोले

जाडोको याममा
घाम पनि छैन
बादल लागेको
आकाश ढाकेको
पानी पर्ला जस्तो
जाडो छ बढेको

सितको लहर
जाडोको कहर
कसरी बाँच्नु लौ
वतास सरर
तातो ठाउँ बस्ने
लाग्यो नि रहर

मंसिर पुषको
जाडोको दिनमा
घाम छेकीदिनिछ
कालो बादलले
थरथरी काम्छ
मुट नै चिसोले

जाडोको याममा
घाम पनि छैन
बादल लागेको
आकाश ढाकेको
पानी पर्ला जस्तो
जाडो छ बढेको

साहित्य सिर्जना
साहित्य वाचन
साहित्य लेखन
साहित्य श्रवण
संसार भ्रमण
ज्ञान संरक्षण

उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...