Monday 24th August 2026

रणध्वज लामालाइ पुनः अध्यक्ष निर्वाचित गर्दै एनआरएनए एनसीसी कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ । कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाइ पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो ।

रणध्वल लामाको सभाध्यक्षता, नेपाली राजदूतावासकी कार्यवाहक राजदूत तथा काउन्सिलर सुजनी रानाको प्रमुख आतिथ्यता एवं गैर अावासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष आर. के. शर्मा, युवा उपाध्यक्ष राजु रेग्मी, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपुर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता एवं आइसीसी सदस्य हरि लावति तथा माधव पाैडेल, एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन के.सी., पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतस्थित नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता एवं पञ्जिकृत सदस्यता लिएका एनआरएनएका सदस्य दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिमा आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले सन २०२३-२०२५ कार्यकालको लागि निम्न बमोजिमको कार्य समिति निर्वाचित गरेको छ ।

आइसीसी सदस्य
हरि लावती

अध्यक्ष
रणध्वज लामा

वरिष्ठ उपाध्यक्ष
मान बहादुर तामाङ
होम नाथ गिरि

उपाध्यक्ष
रमिता तामाङ (महिला उपाध्यक्ष)
निरन्जन सिंह ठकुरी
दामोदर बटाला
मोहन राई
बिकास बहादुर सिंह

महासचिव
मनिश के.सी.

सचिव
बिजय धामी
मन कुमार राई

कोषाध्यक्ष
सोनाम लामा

सह कोषाध्यक्ष
जिवन निरौला

युवा संयोजक
आङ नोर्बु शेर्पा

महिला संयोजक
सजिना गुरुङ

युवा सह संयोजक
छेनाम तामाङ

महिला सह संयोजक
माया देवी राई पाण्डे

सदस्यहरु
सुर्य कुमार लामा
दुर्गा कुमारी ओली
रुपक थापा
मोहम्मद आलमगिर अन्सारी
राजु पुन मगर
राजु धिमाल
प्रकाश राई
उमेश राई
सुब्बा फ्युबा तामाङ
सुरज राई
पेमा दोर्जे लामा
अशोक साह सोनार
चित्र बहादुर थापा
लाल बहादुर सुनुवार


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...