Tuesday 29th July 2025

चित्रमा पञ्चाङ्ग, भाग-७१


चित्रमा पञ्चाङ्ग
===========
भाग: ७१
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०३/२७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
असार सकिनै लाग्यो माया लाउनुपर्छ अब
असारे गीत असारे भाका गाउनुपर्छ अब
मुसाकै मात्र गोठालो लागेर हुँदैन साथी हो
दुधका कुँडे, दहीको ठेकी धाउनुपर्छ अब
बिराला हौँ हामी अधिकार पाउनुपर्छ अब ।
सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
होस् नजिक प्रेममय बनोस् असाध्यै सफा मनले
हाम्रो जोडी रसिक छन् भन्छन् रच्नुछ कथा मनले
दु:ख र सुख साथमा रहने कसम खाउँ हामी
ममता खुलोस् , उदकले भरिएको घडा मनले
इच्छा पूर्ण होस् जिन्दगी नै पल्लवित लता मनले ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ३
खेतमा रोपाईँ भयो मुसा नपाइने भयो
घरका विषले मरे खोज्न नधाइने भयो
अब माया पनि लगाऔं र दूधदही खोजौँ
त्यो खान पाए त मुसा खोज्न नआइने भयो
त्यसपछि हाम्रो गीत यहाँ नगाइने भयो ।
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग ४
मुसा पाईएन् अब खाना छैन माया
बर्षा लाग्यो जिउमा नाना छैन माया
सँग्सँगै टाँसिदै बस्नु बाहेक हामी
बस्ने ठाउँको अब छाना छैन माया
अन्न भर्ने पाथी र माना छैन माया ।
पूर्णबहादुर श्रेष्ठ “हृदङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ५
चाहे बिरालो हौस चाहे बाग माया हुन्छ
जिन्दगीभरी नै एक अर्काको छाया हुन्छ
यो चरा चर जगत माया मै उभिएको
यत्ति फरक कोही दायाँ कोही बायाँ हुन्छ
अन्धभक्त बन्नेहरू न सधैँ दायाँ हुन्छ ।

सबैको आ आफ्नै सङ्गत हुन्छ खबर हुन्छ
बिरालो हौस वा बाघ आआफ्नै रहर हुन्छ
प्ररकृतिले दियो भनौ रगत अनी मुटु
दुनिया सिङ्गार्ने यस्तै अनौठा डगर हुन्छ
सबैको जिन्दगिया शङ्घर्ष र सफर हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ६
दु:ख र सुख जे परे पनि काखैमा राखौला
मुसा जस्तो खेदाउने छैन आँखैमा राखौला
मुना र मदन लेख्नेहरु हाम्रो लेख्दैनन् त
लेखिनेछ कथा हाम्रो पनि पाखैमा राखौला
फकाएर परिवारलाई साखैमा राखौला ।।
संगीता खरेल
मातातीर्थ काठमाडौं
पञ्चाङ्ग ७
दुनिया प्रेममा अडिएको छ
एक अर्का साथ खडिएको छ
प्रकृतिमा रमणिएका प्राणी
दुष्टबाट बच्न लडिएको छ
आफ्नो पेट पाल्न कडिएको छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ८
१.
दूधको साक्षी बोरालो भन्छन् मान्छेले हामीलाई
मुसाको शिकारी चाहिँ गन्छ्न् मान्छेले हामीलाई
मेरि समीप आऊ न प्रिय मायालु कुरा गर्न
स्वार्थको लागि मात्र सहन्छन् मान्छेले हामीलाई
केवल म्याउ म्याउ कहन्छन् मान्छेले हामीलाई ।
२.
खुसी छन् मायाले आलिङ्गनमा बाधिएर
मायालु जोडी मायाकै धनमा बाधिएर
दु:ख सुख बाडेर मिलिजुली कर्म गर्दै
बिताउला अब आफ्नोपनमा बाधिएर
दुई शरीर एक जिवनमा बाधिएर ।
#पृथक प्रकृति झापा
पञ्चाङ्ग ९
स्वीकार मात्रै गर काली यो रोज तिमीलाई
दिनेछु हरेक दिन नयाँ खोज तिमीलाई
आँसु झार्न पर्ने छैन मेरी प्यारी रानी हुन्छ्यौ
कहिले मुसा कहिले दूध भोज तिमीलाई
टुट्ने छैन भो कहिल्यै पनि मोज तिमीलाई ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १०
मानिसले केही कुरा त पशुबाट पनि जान्न सकिन्छ
नराम्रा कुराहरू फालेर राम्रा कुरा त छान्न सकिन्छ
सृष्टि प्रेमले मात्रै चल्छ भनेर सिकाउँदैछ पशुले
पशु पनि गुरु हुन् भन्नेलाई सर्वश्रेष्ठ ठान्न सकिन्छ
यहाँ प्रेम जगाउन सक्नेलाई नै मान्छे मान्न सकिन्छ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
मायामा हुर्किने यो जिन्दगी राम्रो हुन्छ
माया बिनाको जीवन हाम्रो चाम्रो हुन्छ
जिवित प्राणीहरु माया मै बाच्छन् यहाँ
माया दिएर बाच्ने संस्कार हाम्रो हुन्छ
माया बिनाको यो जिन्दगी नराम्रो हुन्छ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १२
म्याउँ! म्याउँ! चोखो माया लगाउन पाऊँ भन्छु
दुध भात खोजी खोजी अघाउँजी खाऊँ भन्छु
तिम्रै लागि बाँचेको हो जिन्दगीमा नाचेको हो
मुसाहरू भेटिन्छन् कि जङ्गलमा जाऊँ भन्छु
सधैँभरि मिठो चोखो मायाप्रीति लाऊँ भन्छु ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
हामी पनि मानव जस्तै गर्नुपर्छ माया
एक अर्को बन्धन कस्दै छर्नुपर्छ माया
जनावरको पनि मायालु मन, आत्मा छ
हाम्रो यो हृदय मायाले भर्नुपर्छ माया
हामीमा आई पर्ने दुःख हर्नुपर्छ माया ।
शोभा आचर्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
तिमी मेरो अङ्गालोमा आऊ मेरी प्यारी
बस्न पाऊॅ तिमीलाई मात्र हेरी प्यारी
आज सङ्गै भोलि कता केही भर छैन
राख्छु म त तिमीलाई यतै बेरी प्यारी
भेट हाम्रो हुन्छ हुन्न होला फेरि प्यारी ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १५
आहारा नै छैन कतै खान पाइएन हेर
झरी बादल जिउमा लुगा लाइएन हेर
आज त सँगै भोलि कता हो केही छैन पत्तो
तिमीलाई भेट्दा पनि केहि खाइएन हेर
मलाई तिमी बाहेक कोही चाहिएन हेर ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग १६
मेरी माया अँगालोमैं बेरी रहुँला
आँखामा आँखा जुधाई हेरी रहुँला
बल्ल तल्ल त भेट भएको छ हाम्रो
भो छोडी नजाऊ भनी घेरी रहुँला
दिलमा तिम्रो तस्बिर केरी रहुँला ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १७
सँगै जिउने मर्ने मायाँ गास्न मन छ तिमीसँग
साँचो माया गरी मुटुमा टाँस्न मन छ तिमीसँग
आँखामा राखे पनि नबिझाउँने कसम भो
यो जिन्दगी भरीलाईनै बाँच्न मन छ तिमीसँग
सुखदुःखमा पलपल हाँस्न मन छ तिमीसँग !
उर्मिला के.सी. धनकुटा
पञ्चाङ्ग १८
मायामा मन ठुलो
नभन धन ठुलो
हृदय सफा भए
हरियो वन ठुलो
आफन्त पन ठुलो ।
– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १९

हेर जनावरहरू पनि मायामा फसेका छन्
एक आपसमा डोरी बाट्दै अंगालो कसेको छन्
बोल्न पो सक्दैनन् यिनिहरू मानव जस्तै यहाँ
भित्री मनको भावना भो पर्खालमा बसेका छन्
घर देखि निस्किएर गाडन तिर पसेका छन् ।
रेनुका मरासिनी, अर्घाखाँची

पञ्चाङ्ग २०
सप्तरंङ्गी बगैंचाको माली न भने
जता राम्री उतै जाने जाली नभने
दुई धार हुने छैन हाम्रो माया यो
म छु है तिम्रो दिल छ खाली नभने
अंगालोमा हाली बस्छु काली नभने।
डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग २१

प्राय सबै चर प्राणि प्रेममा अडिरहेका हुन्छन्
साथ नछुटाउन अरुसँग लडिरहेका हुन्छन्
त्यसैले त विश्वासमा यो धरती अडेको बुझियो
एक अर्काको सँग मद्दतले मडिरहेका हुन्छन्
जीवनको लामो खुड्किलो सङ्गै चडिरहेका हुन्छन् ।

अच्युत घिमिरे, भुटान


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...