Sunday 19th May 2024

“नेपालीका लागी नेपाली” भन्ने गैर आवासीय नेपाली संघले श्रमिक मैत्री विशेष प्याकेज ल्याउनु पर्छ


शंकर पाैडेल – जब जब हामी बिभिन्न कारणहरुले देश छोडी बिदेशिने निर्णयमा पुग्छाैं जस्तो “अध्यायन,श्रम,व्यवसाय” जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । परदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक कोही हुँदैन । त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली भन्ने मर्ममा रहेर गैर आवासीय नेपाली संघ आज भन्दा करिब २० वर्ष पहिले (११ देखि १४ अक्टुबर २००३) मा विश्व सम्मेलन आयोजना गरी जन्म भएको संस्था हो । उक्त समयमा नेपाल सरकार, नेपाल उद्योग बाणिज्य संघ र गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनमा डा. उपेन्द्र महतोले उक्त संस्थाको नेतृत्व गरेका थिए ।

यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग पुलको काम गर्नु हो र नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप र आर्जन गरेको साधन र श्रोतबाट गैर आवसीय नेपाली नागरिकको ज्ञान, सिप, प्रविधि र पूजीको परिचालन गरी नेपालको विकासमा टेवा पुराउने हो । तथापी मध्यपूर्वमा रहेर काम गर्ने नेपालीहरु गैर आवसीय नेपाली नभएता पनि गैर आवसीय नेपाली संघमा संगठित भएर प्रभावकारि ढङ्गले श्रमिकको हक हित र उद्धारको लागि परिचालित भएको देखिन्छ । देशमा हुने प्राकृतिक बिपत्तिमा गैर आवासीय नेपाली संघले हरेक वर्ष राहत सामाग्री हस्तान्त्रण गरेको उदाहरणहरू प्रस्तस्त छन्।

हामीलाई थाहा छ मध्यपूर्वका बिभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिकहरु बिभिन्न समस्याहरुबाट पिल्सियका छन । ति तमाम श्रमिकका समस्याहरुलाई समाधान गर्न संघले पबित्र उदेश्यका साथ नेपाल सरकार परराष्ट्र निकायसंग समन्वयन गरि समाधानमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्दछ । त्यसको लागि संस्थामा जोडिने पात्र र तिनका प्रबृतिको सहि अध्यायन गरि नेपालीका लागि नेपाली भन्ने मर्म अनुसार नेपालीका लागी नेपाली समस्याका कारण बन्ने ब्यक्तिहरुलाई निषेध गर्नु पर्दछ ।यस अर्थमा संस्था सुद्धिकरणको आवस्यकता देखिन्छ ।

गैर आवसीय नेपाली संघ गैर राजनैतिक संस्था हो जसले नेपालको विभिन्न “भाषा, धर्म संस्कृति”लाई समेटि संगठित गर्दै आइरहेको छ । मध्यपूर्वका बिभिन्न देशहरुमा अहिले नेपाली कामदारको संङ्ख्या दिनानुदिन बड्दै गइरहेको छ । त्यसमा कुवेत अझ रोजगारीको लागि आकर्षणको गन्तव्य बन्दै छ भने अर्को तर्फ समस्याहरु बिकराल छन । ति समस्याहरुको व्यवस्थापन र न्युनिकरणको लागि कुवेतको लागि अभिभावक संस्था गैर आवसिय नेपाली संघ माथि जिम्मेवारीको पहाड अनगिन्ति छन् । नेपाली श्रमिकले न्युन तलवमा त्यसमाथि साहुको ऋिणमाथि ठुलो रकम मेनपावरलाई बुझाउनु पर्ने बाध्यता आँखा अगाडि छर्लङ् छ । जसको कारण छोटो समयमा धेरै धन कमाउने उदेश्यका कारण कैयैा नेपाली अबैधानिक काम गर्ने र गराउनेमा गिरोहहरु सक्रिय रहेको सर्वबिदित नै छ । कुवेतको कानुनले अबैधानिक मानेका बस्तु उत्पादन,बितरण नगर्न कुवेतमा कार्यरत आम नेपालीहरु माझ अन्तरकृया गरि न्युनिकरण गर्न रचनात्मक भुमिका र्निवाह गर्नुपर्ने देखिन्छ । रोजगारी क्षेत्रका माफिया,बिचैालियाका कारण अति न्युन तलव, कम्पनिको अवस्थाबारे केहि नबुझि श्रम सझैाता गरि नेपालको बड्दो बेरोजगारिको फाइदा उठाइरहेका छन । त्यस्ता खाले ब्यक्ति र संस्था पहिचान गरि सुधार गर्न श्रमिक र राजदूतावास बिच (bridge) पुलको भुमिका खेलेमा श्रमिकको पहुच NRNA मार्फत दूतावस सम्म सहजै पुग्नेछ । कुवेतको श्रम बजारको अर्को समस्या घरेलु कामदार हो । नेपाल सरकारले घरेलु कामदारमा कुवेत आउन दिदैन तथापि नेपाललि चेलिबेटि घरको गरिवि ढाक्नको लागि अवैधानिक बाटो हुँदै कुवेत आउनु को कारण सरकारि निकायमा उनिहरुको तथ्याङ्क नरहने हुँदा बिभिन्न समस्या पर्दा उद्धार गर्न कठिन देखियको छ । त्यसको लागि कि बैधानिक तवरले श्रमको लागि ढोका खुल्ला गर्ने अन्यथा सरकारि अनुगमन दरिलो र प्रभावकारि बनाएमा कुवेतमा हुने समस्याहरु कम हुनेछन् त्यसको लागि पनि अब बन्ने गैर आवसीय नेपाली संघ कुवेतको अभिभावकत्व रहन्छ ।

हरेक संघ संस्थाको कार्य समाप्तिमा समिक्षा हुन्छ नै त्यस्तैगरि गैर आवसीय नेपाली संघ कुवेतको बिगतमा नेपालमा हुने प्राकृतिक बिपत्तिमा राहत सहयोग,कुवेतमा रहने श्रमिकका समस्याहरुमा उद्धार,सहयोग गर्न ठुलो भुमिका निर्वाह गर्यो । अब बन्ने नँया टिम उस्तै सिर्जनशिल बनेमा कुवेतमा कार्यरत नेपाली श्रमिकले अभिभावकत्व महुसुस गर्ने छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...