Saturday 3rd October 2026

धर्मगुरु श्रीनिवास आचार्य जेल चलान


तितोपाटी डट कम – आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनले अर्को व्यक्ति आफैमाथि गोली हान्न लगाएको आरोप छ ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को ९क० बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिनुभएको हो । उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।

उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएका थिए । हिन्दु धर्म बचाउन भन्दै आफैले आफैंलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...