“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०३/०११
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : चलाउँछ, छलाउँछ, जलाउँछ, दलाउँछ, पलाउँछ, फलाउँछ आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
दुख्ने ठाउँ खोजी चलाउँछ अचेल
शब्द बाण हानी जलाउँछ अचेल
सोझो बनी बस्दा पनि हेप्ने बाबै
झुट बोल्छ अनि छलाउँछ अचेल
नबोलेर पनि दलाउँछ अचेल ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
नेपाली भएपछि त बाँच्न सिक्नु पर्छ हामीले
विदेशीको ढाड भाँच्न सिक्नु पर्छ हामीले
देशको सिमाना मिच्दै आएकोछ भारतीहरू
नेपालीले नै अब जाँच्न सिक्नु पर्छ हामीले
भारतीलाई राम्ररी खाँच्न सिक्नु पर्छ हामीले ।
१
नेपालीलाई सोझो देखेर चलाउँछ भारतले
हेपाहा प्रवृत्तिले नै निकै जलाउँछ भारतले
स्वदेशमा क्रान्ती भयो तर शान्ति कहिले भएन
सिमाना मिचेको सुन्दा मुटु गलाउँछ भारतले
नेपाली गोर्खालाई सदैव छलाउँछ भारतले ।
२
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग ३
तिमी पास रहँदा तिम्रो रूपले मुटु चलाउँछ मेरो
तिमी नजिक नहुँदा किन होला मुटु जलाउँछ मेरो
त्यसैले तिमी अन्त कतै नगई बसिराख नजिकैमा
तिमी साथमा रहे जीवन धान्ने फल फलाउँछ मेरो
तिम्रो नजर रूपी औषधीले पत्थरी गलाउँछ मेरो ।
नवराज भट्ट कञ्चनपुर
हाल काठमाण्डौ
पञ्चाङ्ग ४
मलको लागी पराल नि जलाउँछु खेतमा
माना रोपेर मुरी मुरी फलाउँछु खेतमा
सम्मान पाउने छन् सधै सम्पूर्ण कृषकले
वर्षा भएमा रोप्ने कार्य चलाउँछु खेतमा
डल्ला ढिस्कालाई फोरेर गलाउँछु खेतमा ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ५
मेरो त तिम्रै सम्झनाले पनि जलाउँछ मन
मेरो समीप छैनौ आँधीहुरि चलाउँछ मन
फर्केर कहिले आउछौ परदेशी स्वदेशमा
भावनामा चुर्लुम्म डुब्दा अति गलाउँछ मन
खबर पाएपछि आशा फुलि फलाउँछ मन ।
पृथक प्रकृति
झापा
पञ्चाङ्ग ६
किसानले बाली फलाउँछ मेहनत गरी
पानी परे डाली पलाउँछ मेहनत गरी
आफ्नो होइन राम्रो नेता छान्ने बेला आको छ
न्यायि नेता देश चलाउँछ मेहनत गरी
देशद्रोही देश जलाउँछ मेहनत गरी ।
१
पानीले माटो गलाउँछ खेतमा
किसान मुरी फलाउँछ खेतमा
अझै दास प्रथा हटेको छैन कि ?
बाउसे कुटो चलाउँछ खेतमा
जिम्बाल मान्छे दिलाउँछ खेतमा ।।
२
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७
नेता बन्यो जस्ले स्वाभिमान ढलाउँदै आयो
आफू बसेको आसियाना नै जलाउँदै आयो
दलाली गर्छ छिमेकीको ऊ देश रित्याउँन
गरिबी महङ्गी भ्रष्टाचारी फलाउँदै आयो
सकेनौँ उपचार त्यो सङ्कट पलाउँदै आयो ।
दाङ घोराही १८
पञ्चाङ्ग ८
दिनदिनै यो मुटु जलाउँछ तिम्रो रूपले
भित्रभित्रै हुरी नि चलाउँछ तिम्रो रूपले
के जादु छ तिम्रो त्यो हँसिलो रुपमा भनन
कहिले काही त्यसै छलाउँछ तिम्रो रूपले
उस्तैलाई त त्यही ढलाउँछ तिम्रो रूपले ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
मिहिनेत नगरी बिरुवा पलाँउछ कसरी
दिन रात परिश्रम बिना फलाँउछ कसरी
परिश्रमीक हातहरूलाई सम्मान गरेर
हेरन दुखमा आफूलाई जलाउँछ कसरी
मिहिनेतमा आफ्ना त्यो दुःख छलाउँछ कसरी ।
शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग १०
जाँगरिलोले करेसामा तरकारी फलाउँछ जसरी
वसन्तमा पतझर छोडी पालुवा पलाउँछ जसरी
कसरी फल्छ तालुमा आलु झिकीझिकी खान चाहिएर
अल्छी गर्न पल्केकाले अरुलाई नै दलाउँछ जसरी
कुरा सुनेनन् भनि सडक टायर बलाउँछ जसरी ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग ११
जसले आफ्नै मन गलाउँछ घरीघरी
आफूले आफैलाई छलाउँछ घरीघरी
अचेल एकल सोचको अन्ध पुजारीले
नकारात्मक पन चलाउँछ घरीघरी
भष्म खरानी सरी जलाउँछ घरीघरी ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
१
जन्तरे बाले घेरै अन्न फलाए अरे
काटेका बोटहरू सबै पलाए अरे
अन्तरे बाको सबै लथालिंग भएछ
घाँसबारी भएको पनि जलाए अरे
रूखहरू सोत्तर पारी ढलाए अरे ॥
२
( बोट बिरुवाको संरक्षण गरौँ)
रुख मऱे पनि फर्निचर बनाएर काम चलाउँछन् यहाँ
तर नी मान्छे मर्ने बित्तिकै कि त पुर्छन् कि त जलाउँछन् यहाँ
बोट बिरुवाको संरक्षण र सम्बर्धन गरौ हामी सबैले
हेर त रुखहरू जति काटेर फाँडे पनि पलाउँछन् यहाँ
रुख बिरुवाहरूले हाम्रो प्राण अन्न फल फलाउँछन् यहाँ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
तिम्रै यादले सदा यो मन जलाउँछ हेर
तिम्रो साथ नहुदा तन् यसै गलाउँछ हेर
गए पछि फर्कनुपर्छ भन्ने जानेकै छैन
यस्तो एकोहोरोले मनै के पलाउँछ हेर
यस्तै व्यबहारले बिश्वास ढलाउँछ हेर ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १४
थाहा थियो मायाले जलाउॅछ भनेर
थानु छस्तै ठानेर गलाउॅछ भनेर
भन्नेहरूले के भन्छन् मान्छे पिच्छे कुरा
टुप्पाबाट जसै नि पलाउॅछ भनेर
फुले पछि त ऑफै पलाउॅछ भनेर।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग १५
खोक्रो राष्ट्रियताको नारा दिन्छन् दलका झोले
घर घर चाहार्दै च्याउँछन् सित्तैमा खान खोले
तिनै दलाल भ्रष्टहरुको चाकरी गर्छन् मत दिएर
वास्तबमा यिनिहरु नै बनेका हुन्छन् चोर डन टोले
स्वतन्त्र राष्ट्रप्रेमी जनता बोल्दैछन् खै यिनिहरु एउटै बोले ?
प्रदीप के रिमाल ।
पञ्चाङ्ग १६
खडेरीमा आगो चलाउँछ मान्छे
चलाएर आत्मा जलाउँछ मान्छे
खोलाको बगर सजाएर खुसी
अजम्बरी जस्तै पलाउँछ मान्छे
भित्र भित्रै विष फलाउँछ मान्छे ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १७
हातमा स्टेरीङ गाडिको चलाउँछ फेरि
ठूलाठूला नेताले कर छलाउँछ फेरि
ॐ भूर्भुवः स्व: भन्दै पो जप्ने मन्त्र यहाँ
छन् ती कलिला मुनाहरू पलाउँछ फेरि
राजनीतिमा होमिएर ढलाउँछ फेरि ।
डिल्ली राज घिमिरे अर्घाखाँची
पञ्चाङ्ग १८
हामीलाई हेपी साँध सीमा चलाउँछ सधैँ
अस्तित्वमा धावा बोली मुटु जलाउँछ सधैँ
मन्द बीष बनिरह्यो छिमेकीको नीति यहाँ
हाम्राे डाह गरी गरी हाडमासु गलाउँछ सधैँ
हाम्रै नदीनाला लुट गरी अन्न फलाउँछ सधैँ
चन्द्रावती अधिकारी
पञ्चाङ्ग १९
भावीको खेललाई कसले चलाउँछ हेर
विश्वास गर्नेलाई झन् धेरै जलाउँछ हेर
हुन त यो चाल चलाउने आफ्नै हातले हो
यमराजको दिलमा दया पलाउँछ हेर
पाप र पुण्यको फल चाहिँ फलाउँछ हेर ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग २०
भोकभोकै हुन्छ किसान हातपाउ चलाउँछ कसरी
शोषकले पसिना चाटिहाल्छ माटो गलाउँछ कसरी
किसान भन्न्ने बित्तिकै तहेपिन्छ,निमोठिन्छ,चिमोटिन्छ
दिनै पिच्छे चिमोठेपछि त बिरुवा पलाउँछ कसरी
पलाउन नदिए त बोटले फल फलाउँछ कसरी ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग २१
घरीघरी याद आउँछ अचेल
यो तन मन जलाउँछ अचेल
अहँ दु:ख पीडामा रुवाउँदैन
तिम्रो फोटोले रुवाउँछ अचेल
मर्न न बाँच्न बनाउँछ अचेल ।
प्रदिप नेपाली,पर्वत।।