Wednesday 30th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : चौरासियौँ भाग (८४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०३/०३
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : कटाए, खटाए, घटाए, चटाए, ठटाए, रटाए, हटाए आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

बेदनाले चोट दिन्छ मुङ्ग्राले लुगा ठटाए जसरी
सम्बन्धहरू पनि टुटे ठ्याक्कै डाँडा कटाए जसरी
स्वतन्त्र बाँच्न पाउने सबैको अधिकार होइन र
थुनेरै रटाउन खोज्छन् सुगालाई रटाए जसरी
सकेसम्म पेल्छन् सिमामा चौकीदार खटाए जसरी ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

दुश्मनको इसाराम जमिन कटाए देशमा
उनैले विष मिसाएको मह चटाए देशमा
धर्म र जातिय विभेदको धेरै राग जप्छन्
आसेपासे भित्र्याएर जहान घटाए देशमा
लाठिले र कहिले बचनले ठटाए देशमा ।
सुरेशकुमार पाण्डे दाङ घोराही

पञ्चाङ्ग ३
स्कुलमा राम्रोसँग नपढाई रटाए बच्चाहरूलाई
उनले कण्ठ नपारेपछि त ठटाए बच्चाहरूलाई
अरे घोकाउनु भन्दा त विद्यार्थीलाई सम्झाउनु पर्छ
पाठ नसुनाए पछि क्लासबाट हटाए विद्यार्थीलाई
सजाय दिनलाई उसैको थुक चटाए विद्यार्थीलाई ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

अब ता ज्ञान पाउनु नी ! यति धेरै रटाएपछि
चाल पनि पाउनु पर्ने जेलखाना खटाएपछि
भ्रष्टाचार गर्दै देश लुटेका हेर ! खोक्रो पारेर
कहिले थाहा पाउने यिनले ? अब ठटाएपछि ?
तब ज्ञान पाउला नी ! जब धुलो चटाएपछि ॥

असलहरूकै राज हुन्थ्यो खराबहरू हटाएपछि
अत्याचारी र भ्रष्टाचारीलाई डाँडैपारी कटाएपछि
सिधासाधाको स्थान छैन त यहाँ बलियाको मात्र राज ?
मान्छे आफैँ ठिक हुन्छ एकएक गरेर ठटाएपछि
कडा शासन लागु गरेर अलिक धुलो चटाएपछि ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ५

जनताको तोतालाई झै झुट रटाए नेताले
सक्षम युवाको खाडीको तर्फ कटाए नेताले
देश बनाउने भन्दछन् भ्रष्टाचारी बुढाहरू
गाउँ-गाउँ घुमी झोलेको पैसा चटाए नेताले
विरोध गर्ने राम्रा सभ्य ब्यक्ति हटाए नेताले ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ६

युवाले जेलखाना खटाएछन् यहाँ
के के नगर्ने पाठ रटाएछन् यहाँ
अलिकति शरम नाम हुनु पर्ने
कुनैलाई त डाँडै कटाएछन् यहाँ
देशको सिमानै त हटाएछन् यहाँ ।।

धनमाया चौधरी कैलाली

सम पञ्चाङ्ग ७
१.
पराइ ठानेर नौ डाडा कटाए पनि
जहिलेसुकै जासुस नै खटाए पनि
तन,मन अझ कसिलो हुँदै जानेछ ,
दयाको डोरी इन्च नापी घटाए पनि
कन्दराबाट मनैदेखि हटाए पनि ।
२.
नेपथ्यमा दिमागी पत्र पटाए पनि
अनुजलाई थुप्रै मह चटाए पनि
विवेकहीनको केही नि सीप चल्दैन
विरोध नै गर्ने अध्याय रटाए पनि
केही गर्न सक्दैनौ थाल ठटाए पनि ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

काम नलाग्ने सामानलाई हटाए हुन्छ
बात नमान्ने अटेरीलाई ठटाए हुन्छ
बाँदरको पुच्छर न लौरो न हतियार
भ्रष्ट नेता जतिलाई डाँडा कटाए हुन्छ
चुनावको मैदानमा धुलो चटाए हुन्छ ।

टीकाराम जोशी, टीकापुर ।

पञ्चाङ्ग ९

लोकतन्त्र लोकतन्त्र सधैं नाम मात्रै पो रटाए हेर
फटाहको गुणगान गाउदै सयौ झोला फटाए हेर
काम भने देशलाई घाटैघाटा हुने मात्रै गरेका छन्
आफ्नो दुधालु भैंसी दिएर हान्ने रागो पो सटाए हेर
खाइ न पाई व्यर्थै जनतालाई गोठालो खटाए हेर ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १०

नारा रटाए आफैले
डोरी बटाए आफैले
सृष्टि माटो भुलेपछि
डाँडा कटाए आफैले
बाटो फटाए आफैले ।
– आर्त अकुलीन, कैलाली

सम पञ्चाङ्ग ११

सुरक्षा गाडमा खटाए धेरै
आम्दानी थियो लौ घटाए धेरै
चाप्लुसी भएर सारा जगत
हेर्दै छु नौ डाँडा कटाए धेरै
खाने आफैं जुठो चटाए धेरै

लिएको कोदोमा ठटाए धेरै
माया थियो चोखो रटाए धेरै
स्वतन्त्र यहाँ पाउनै सकिन
अनुज अग्रज बटाए धेरै
घोक्दै थिए सुत्र हटाए धेरै ।

डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग १२

जीवनमा के हुन्छ रहर हटाए पछि
बाध्य भै युवाहरु शहर खटाए पछि
यो तन्त्रमा मन्त्रले हुनहार गरि दियो
नाइके मिलिजुली डहर घटाए पछि
कतिदिन बाच्नु छ जहर चटाए पछि ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १३

विद्यार्थीको पढाइ सुगा रटाए झै रटाए आजभोलि
नैतिक शिक्षा सबै विद्यालयमा हटाए आजभोली
बुझेर पढेको पो दिमाखमा भइरहन्छ दिगो सधैं
घोकन्ते विद्याले झन् पढाइको स्तर घटाए आजभोली
गृहकार्य नगर्दा नि चकको धूलो चटाए आजभोली ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १४

नेताले त्यै नारा रटाए यहाँ
युवा सबै डाडा कटाए यहाँ
माेज गरेका छन् रेमिटेन्समा
आफ्ना चै राम्रामा खटाए यहाँ
जानेर नै सीमा हटाए यहाँ ।
२.
एकान्तमा नौला पत्र रटाए
नव शिशुलाई मह चटाए
जस्ले जे गरे पनि चलेकै छ
नजान्नेको यसै अंक घटाए
लुतो भगाउन थाल ठटाए ।
दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १५

धनीले नै बालबालिका खटाए यहाँ
फोहर फाल्ने काममा नै पठाए यहाँ
बाल अधिकार सबैलाई समान भएन
दैनिक कामकाजमा मात्र सताए यहाँ
सन्तान बाबुआमाले डाँडा कटाए यहाँ ।

भगवती दवाडी

पञ्चाङ्ग १६

कुरै नबुझी खेदो गरे डाँडा कटाए मलाई
मौका यहि हो भन्दै आज खुवै ठटाए मलाई
मुर्खहरु बसेको ठाउँमा बाँच्न पो गाह्रो भयो
आफैं ठालु बनि समाजबाटै हटाए मलाई
मान्दैन भनि दुई चार गुण्डा खटाए मलाई ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...