Wednesday 22nd April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५९ कव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५९ कव्य श्रृङ्खला यहि मिति २०८० आसार ६ गते सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले निरन्तर कार्यक्रम चानचुने होइन लिधागत,विषयगत,पर्व विशेष लाई समेटेर चन्द्रगिरिले गरेके कार्यक्रम असाध्य राम्रो छ । अझ निरन्तरताको लागल शुभकामना दिनु भयो ।चन्द्रागिरि साहित्यले अवसर र प्रेरणा दिएको छ आज वाचित रचना उत्कृष्ठ आएका छन भन्नु भयो ।

बिशिष्ठ अतिथि डा देवी पन्थीले आज आज खोरिया,मुक्तक,चारु,गद्य कविता सुन्ने मौका मिल्यो । कार्क्मला लाईभ गर्न सके अझै सहभागि भन्दा परकाले पनि सुन्न देख्न पाउने भएकाले अब त्यस तर्फ ध्यान जाओस् भन्दै आफ्नो रचना सुनाउनु भयो बिशिष्ठ अतिथि गंगा लिगल,कलानिधि दाहाल र मणीराज सिंहले १५९ औं श्रृखला सम्म निरन्तर हुनु महत्पूर्ण र साहित्यको ठूलो सेवा हो भन्नु हॅुदै भविष्य सम्म निरन्तरताको शुभकामना व्यक्त गर्नु भयो ।

सचिव सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र बस्याल,आरती आरोही,अनुराधा थापा,भवानी घिमिरे,सरला तिमल्सिना,लक्ष्मी न्यौपाने,सोम लुईंटेल,लक्ष्मी प्रसाद मिश्र,चन्द्रावति अधिकारी,टेक बहादुर लौडारी,बीर बहादुर लोहनी,आशा तामाङ,यज्ञलाल सुवेदी,चुडा निर्भिक,गायत २१ जना सर्जकहरुले अा-अाफ्ना रचना सुनाउनु भयो

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई ३/२/३
३/२/३
३/२/३
२/३ अक्षर मिलाएर लेख्दा छन्द पूर्ण हुन्छ भन्नु हुॅदै
हामीलाई माया गरेक अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...