Sunday 26th July 2026

कविता: घैंटो र संघीयता -नारायण कोइराला


म संग एउटा ठूलो माटोको घैंटो छ
आफैलाई भन्दापनि समाल्ने गरेको छु
गर्मीमा चिसोपानी राख्ने गरेको छु
जाडोमा धान,चामल,मकै जे राखेपनि हुन्छ
घैंटोले कहिल्यै गुनासो गरेन
जे राख्दा नी हाँसीखुसी सहिरह्यो
म घैंटोलाई निर्दयी भएर प्रयोग गरिरहे
न घैंटोको इच्छा सोधे
न उसको दुःख बुझे
घैंटोलाई मैले बाउबाजेको पेवा ठाने
पानी, धान,चामल,मकै मात्र होइन
मौका मिल्दा अमिलो,पिरो अचार पनि खादे
घैंटोबाट लिन सक्ने सबै फाईदा लिईरहे
कति पुरानो घैंटो मात्र प्रयोग गर्ने भनेर
नयाँ घैंटोको कल्पना र विकल्प खोज्न थाले
घैंटोलाई आधुनिक बनाउने सोच मनमा बनाएँ
घैंटोका बिषेशज्ञहरु जम्मा गरे
अन्तत सल्लाह आउटै भयो
घैंटोलाई नयाँ मोडलमा परिवर्तन गर्ने
सात ठाउँमा सात रंग लगाइयो
घैंटोबाहिरबाट हेर्दा सुन्दर रंगीचगी देखियो
रंगको असरले बिस्तारै घैटो चर्कीदै गयो
गर्मीमा पानि राख्दा ठाउँ ठाउँबाट रसायो
म आफ्नो लालचमा फसेको जस्तो लाग्यो
घैंटो बिगार्ने मेरो बुद्धिलाई संघीयता संग तुलना गरे
ठ्याक्कै घैंटो र संघीयताको अवस्था उस्तै-उस्तै लाग्यो।।

नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...