Sunday 26th July 2026

गद्य कविताः चिप्ले किरो


ए चिप्ले किरो
कताबाट छिरो
सिङ भएको हिरो
कहिल्यै हुन्न पिरो

हिँड्छ घस्री घस्री
बाटातिर पस्री
बालुवामा खस्री
लडिबडि पस्री

गल्ति छैन उसको
वास्ता लिन्न घुसको
विना मतलव झुसको
छैन केही तुषको

शरीर चिप्लो परेर
बल्ल जिउ सरेर
जान्छ पानी तरेर
चिपलिक् चिप्लिक गरेर

जबसम्म चिप्लो हुन्छ
तबसम्म बाँच्ने हो
त्यही चिप्लोको सहारामा
वरपर नाच्ने हो

पृथ्वी –
उसको पनि घर
त्यसैले छैन डर
गर्छ वरपर
हेला कहिल्यै नगर

बाँच्नु पर्छ सबैले
चिप्ले किरा दबैले
ग्यास्टिक निको पार्छ रे
मान्छेहरूले मार्छ रे

गर्नुहुन्न पाप
नमार्नु है धाप
धेरै चिप्लो हुन्छ
होला पछि विलाप ॥

गुणनिधि घिमिरे अमेरिका


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...