Saturday 18th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : त्रिहत्तरौँ भाग (७३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१२/०७
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आँप, साँप, चाँप, ताप, दाप, धाप, नाप, पाप, फाप, राप, श्राप आदि मिल्दो ।
स्थायी :- आफू खुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १

चिप्ले बोली रसिलो आँप जस्तो लाग्छ
सुन्दर थियो रूप चाँप जस्तो लाग्छ
सोचे जस्तो नहुने रहेछ साथित्व
दलदलमा भास्ने धाप जस्तो लाग्यो
पोलेर नष्ट गर्ने राप जस्तो लाग्यो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

जति खानु खाइयो ऑप बेसरी
चोरे पछि भाग्दिथ्यौं टाप बेसरी
बालखैमा रमाई जे जे गरियो,
अझै पनि उस्तै छ छाप बेसरी
ऑफैलाई दिइन्थ्यो धाप बेसरी ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ३

अनित्य त्यो बोलीले कतै पाप लाग्ने हो कि
ठूलो स्वरले बोल्दा पनि छाप लाग्ने हो कि
कसै गर्दा पनि छैन धर ~ यो जिन्दगीमा
मीठो बोलीले बोलिदिदा खाप लाग्ने हो कि
सधैं झर्को फर्को गर्दिदा टाप लाग्ने हो कि ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ४

पुसको जाडोमा ताप सम्झेर
बलेको आगाको राप सम्झेर
यो मन मस्तिष्क घायल भयो
चिसोमा लागेको छाप सम्झेर
कलिले दिएको पाप सम्झेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

मुश्किलले भिजामा लागेको छाप प्यारो लाग्छ
सुरक्षामा खुकुरी भिरेको दाप प्यारो लाग्छ
रमाइलो संसारमा मख्ख हुने कल्पनामा,
रेसमा दगुर्ने घोडाको टाप प्यारो लाग्छ
विदेशी शावर‌को पानीको चाप प्यारो लाग्छ ।

टीकाराम जोशी, इमाडोल ।

पञ्चाङ्ग ६

कहिलेकाहीँ त शत्रुले पनि पिठ्युँमा धाप दिन सक्छ
बदनियतले मद्दत गरे झैं गरि नाप दिन सक्छ
चलाख छोराले बेलैमा बुझ्नुपर्छ उसको मनसाय
नत्र त शत्रुले घरमा आगो झोसेर टाप दिन सक्छ
हेर्दाहेर्दै आफ्नै घर जली आफैंलाई राप दिन सक्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ७
विश्वासघातले उच्च शिर झुकायव भने न चाप हुन्छ न नाप हुन्छ
दुनियाँ माझमा त्यसै मूल्य चुकायो भने न राप हुन्छ न ताप हुन्छ
इमान्दारले सत्कर्म गर्न खोज्दा सफलता चुम्न पाइला अघि बढ्दा
ढाकेकाे इज्जत उल्टै फुकायो भने न करकाप हुन्छ न छाप हुन्छ
खुट्टा तान्दै तल झार्दै थुकायो भने न फलिफाप हुन्छ न चाप हुन्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

मायालुको बोलीको छाप प्यारो
नृत्यलाई खुट्टाको चाँप प्यारो
राम्रो नराम्रो लाग्नु मनै त हो ,
नाङ्गो खुकुरीलाई दाप प्यारो
पुष महिनालाई ताप प्यारो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

मित्रताको साथ लाई तोड्न पनि सक्दिन म
लोभ लालचले मन मोड्न पनि सक्दिन म
सभ्य सभ्यताको समाजमा हुर्केको युवा हुँ
सत्यताको बाटोलाई छोड्न पनि सक्दिन म
विकृतिको झाल एक्लै गोड्न पनि सक्दिन म ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १०

जीवन खुकुरीको धार भयो
धारमै सेरियर प्यार भयो
तब महत्त्व बढ्यो दिनदिनै
खुसीमा जीत अनि हार भयो
बाँच्नुको पनि खास सार भयो ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पन्चाङ्ग ११

म त भन्छु इस्वरको अमुल्य नाप रैछ
सिमसार खेतमा त सुन्दर धाप रैछ
प्रकृति देन कति राम्रो मनै लोभ्याउने
हेर न सानू कति राम्रो फल आँप रैछ
पारी वनमा छपक्कै फुलेको चाँप रैछ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग १२

टाढाबाट हेर्दा रूखको फल आँप जस्तो देखियो
अंगालो हालेर बेर्ने लहरा साँप जस्तो देखियो
टाढाबाट हेर्दा मेरो अलि नजर पुगेन होला
रूखलाई देवताले नै दिएको श्राप जस्तो देखियो
रूखले पुर्वजन्ममा गरेको पाप जस्तो देखियो ।

नवराज भट्ट
कञ्चनपुर .


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...