Saturday 10th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४४ औं श्रृङ्खला नारी दिवस विशेष कव्य उत्सव भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४४ औं श्रृङ्खला नारी दिवस विशेष कव्य उत्सव यहि मिति २०७९ साल फागुन २४ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लगलले नारी दिवसको शुभकामना दिनु हॅुदै जहॅा नारीको सम्मान हुन्छ त्यहॅा भग्वानको बास हुन्छ वेदमा पनि उल्लेख भएको प्रसंग व्यक्त गर्नु भयो ।महिला अधिकार मात्र खोज्ने नभई शिक्षित हुन जरुरी छ भन्नु भयो ।

विशिष्ठ अतिथि ,बम बहादुर जितालीले विश्व नारी दिवसको शुभकामना दिंदै आजका कविता,खोरिया मार्फत दर्शन पनि आए ।ढिलो होस् छोरो होस् भन्ने जमाना गयो र चांडै होस् छारी होस् भन्ने बेला आयो भन्जै कविता सुनाउनु भयो ।कलानिधि दाहालले नारी कुण्ठीत मानसिकता हटाएर अगाडि बड्नु पर्छ भन्नु भयो ।

सुधा बास्कोटा ढकालकाे कुशल उद्घघाेषणमा भएकाे नारी विशेष काव्य साहित्य उत्सबमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस दुर्गा अधिकारी रिमाल, उर्मिला पन्त,द्वारिका कुईंकेल,चुडा निर्भिक,चन्द्रावती अधिकरि, लक्ष्मी प्रसाद मिश्र,सन्जना भावुक,सरोज नेपाल,अनुराधा थापा घनश्याम पौडेल,उत्तम भेटवाल,गंगा अभिलाषी चुडा निर्भिक लगायत २० जना सर्जकहरुले अा-अाफ्ना नारि विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि जिताली,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया गित सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...