Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : उनान्सत्तरीअौँ भाग (६९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/११/०९
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : खन, गन, घन, छनछन, जन, झन, तन, दनदन, धन, वन, भन, मन, रन, रहन/ सहन आदि ।
स्थायी :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ । तर सबै हरफमा बराबर अक्षर हुनुपर्छ ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग
तन रोगी छ
मन भोगी छ
अब तृप्ती भो
धन योगी छ
जन ढोँगी छ ।

अभावमा धन ठुलो
अप्ठेरोमा मन ठुलो
आफ्नो आफ्नो स्थान छ त
मलामीमा जन ठुलो
रहरमा तन ठुलो ।

भावना हो ठुलो भनेर मन घुमायो
छल्नलाई रहेछ रनवन घुमायो
अब पनि उसकै विश्वास ! सक्दिन म
कुरै कुराले छल्यो, फनफन घुमायो
छैन भन्यो लुटेर खायो धन घुमायो ।

चले भइगो, जीवन के रहेछ र ? धन भनियो
अरुको बुझोस् चित्त, आफ्नो त आफ्नै छ मन भनियो
आखपरमा वर्षाको बाढी रहेछ लग्यो बगाएरै
दुखे पनि हृदय गरौँ सहयोग झन भनियो
फर्केला मन, देख्ला जस, बुद्धि भाको जन भनियो ।

छटपटिन्छ, दुख्छ, पोल्छ, रुन्छ चिडिएको मन पनि
फर्किएर कहाँ आउँछ साथी लुटिएको धन पनि
स्पष्टीकरण व्यवहारले देखाइरहेछ, नबोल
शीत युद्ध चलेपछि सकिँदैन है भनाभन पनि
नैतिकता भुल्नेको हराउँछ रहनसहन पनि ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २
मिहिनेतले धन कमाइन्छ
मिठो बचन जन कमाइन्छ
सबैको प्रिय भएर बाच्नु नि
प्रियसीसँग तन कमाइन्छ
सन्तोकी बानि मन कमाइन्छ ।

म प्र घि

पञ्चाङ्ग ३

नेताले बेचिसके वन देशको,
सबै लुटिसके है धन देशको,
सबै कुपुत नेता जन्मिए यहाँ
यस्तै विकास हुन्छ भन देशको,
बर्बादीको खाडल खन देशको।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ४

यो राष्ट्रको सम्पत्ति यो वन बचाउनुपर्छ
आउ युवा यो देशको धन बचाउनुपर्छ
पार्टी छोडौ देश बचाउन जुट्नुपर्छ अब,
अलि अलि देश भक्त मन बचाउनुपर्छ
विदेशबाट चै अब जन बचाउनुपर्छ ।

रतन बिष्ट_ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ५

मधुर बोलीले जन कमाइन्छ
मेहनत गरी धन कमाइन्छ
एक आपस मेलमिलाप गरी
बिरुवा रोपेर वन कमाइन्छ
बिश्वास जितेर मन कमाइन्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

अहमताले छिटै नै सकिन्छ मन बुझिराख
असलताले मात्र सुख दिन्छ झन बुझिराख
चल्नैपर्छ अभावमा पनि र प्रभावमा पनि
पिँधपछि मात्रै बिँड तातिन्छ तन बुझिराख
समय आउँछ अनि हुन्छ सघन बुझिराख ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

मिहिनेतको हुन्छ धन राम्रो
कर्मशिल देशका जन राम्रो
राम्रो कर्मले नै शान्ति छाउछ
शान्तिले हुन्छ स्वास्थ्य तन राम्रो
राम्रो स्वास्थ्यले हाम्रो मन राम्रो ।

शोँभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ८

हरियो वन थियो
नेपाली पन थियो
पहिलेका मान्छेमा
सुन्दर मन थियो
दर्विलो जन थियो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

गर्छु भन्नलाई पनि मन चाहिन्छ
मनसँगै हातभरि धन चाहिन्छ
सबैको चित्त कहिल्यै बुझ्दैन यहाँ
बुझ्नलाई सदा आफ्नो पन चाहिन्छ
राम्रो र नराम्रो छुट्याउने जन चाहिन्छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १०

समस्या भए भन तुरून्तै
कतिले माने गन तुरून्तै
भन्ने र सुनाउने धेरै छन्
सचेत ऑफै बन तुरून्तै
नभए फेर मन तुरून्तै ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ११

खै कसोरी भनुँ तन प्यारो लाग्छ
मलाई फूलको मन प्यारो लाग्छ
प्रत्येक समय चुनाव आउँदा
नेतालाई भने जन प्यारो लाग्छ
जितेपछि मात्र झन प्यारो लाग्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १२

नपरोस घन सहेर रन मिहिनेती वन
दुखाई मन नजलाउ तन मिहिनेती वन
नदेऊ धन पराइलाई गनेर छनछन् नि
हे नेपाली जन लगाई मन मिहिनेती वन
सबैलाई भन कोदालो खन मिहिनेती वन ।

बिबस पारदर्शी ,

पञ्चाङ्ग १३

भेट त जसरी पनि हुन्थ्यो भेट्ने मन भए
बहाना किन पो चाहिन्थ्यो र माया झन भए
माया त वस्तु जस्तै सजिएको छ बजारमा
मैले पनि किन्ने थिए अलिकति धन भए
घुमाउथे चारैतिर मेरै निजि वन भए ।

पशपती राई खोटाङ ।

पञ्चाङ्ग १४

नदी र जिन्दगी उस्तै उस्तै लाग्दछ रहन गाह्रो हुन्छ
काल परिस्थितिको चाल नबुझी हिड्दा रन गाह्रो हुन्छ
असत्य एकदिन ढल्नै पर्दछ समयको चक्रब्यूमा
अबैध धन्दाले कमाएको जोगाउन धन गाह्रो हुन्छ
एकदिन खुल्दछ उसको त्यो कर्तुत झन गाह्रो हुन्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी।

पञ्चाङ्ग १५

तिरस्कारमा परेर मन मरिसक्यो
हानिनोक्सानी बडेर धन मरिसक्यो
टुट्टा र घाटा आईरहने पाटै पाटा
व्याकुलतामा लडेर तन मरिसक्यो
व्यग्र पिर चडेर बचन मरिसक्यो।

नामर्दका कारणले रन मरिसक्यो
विनास प्रयोजनले वन मरिसक्यो
कमी र कमजोरी प्रसस्त जता तता
भनावैरी झगडाले जन मरिसक्यो
चाहिँदो नचाहिँदोले पन मरिसक्यो।

उठिबास लाउँदा सहन मरिसक्यो
मनोभाव पलाउँदा लन मरिसक्यो
जात र भातको पक्षपात यताउता
परम्परा जलाउँदा छन मरिसक्यो
भेदभाव देखाउँदा खन मरिसक्यो।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १६

जोगाउँ कसरी साँचेको धन यो बैँसमा
सजाउँ कसरी उज्यालो तन यो बैँसमा
भमरा झैँ लुटेरा रिङ्दैछन् ती वरिपरी
सुनाउँ कसरी लुटेको मन यो बैँसमा
कजाउँ कसरी मात्तेको झन यो बैँसमा ।

टीकाराम जोशी, इमाडोल।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...