Wednesday 9th September 2026

किरात राई यायोक्खा कुवेतको तेस्रो अधिबेशन मार्च १७ मा हुने


किरात राई यायोक्खा कुवेतको तेस्रो  अधिबेशन आउदो  मार्च १७  तारिख शुक्रवार हुने  भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा तेस्रो अधिवेशन गर्ने किराया कुवेतको अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिएका छन्।

उक्त ऐतिहासिक कार्यक्रममा कुवेतबासी  नेपाली जनसमुदायको बुद्धिजीवी ,समाजसेवी,खेलाडी,पत्रकार , कलाकारको साथमा भव्यताका साथ मनाइने अध्यक्ष राईले बताएका छन् ।

कार्यक्रमको विवरण

मिती : १७ मार्च २०२३

स्थान: कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया

 


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...